२५ हजार युवा पूनमसँग जोडी बाँध्न इच्छुक


मुम्बई– फिल्म निर्माता सुरेश नकुमको आगामी फिल्म 'हेलन' की अभिनेत्री पूनम पाण्डेको जोडी खोज्न 'को बन्छ पूनमका हिरो' नामक प्रतियोगीतामा २५ हजार भन्दा बढी युवा आकर्षित भएका छन्।

निर्माता नकुमले 'को बन्छ पूनमका हिरो' प्रतियोगीतामा प्राप्त प्रतिक्रिया फिल्म टिमको लागि सुखद भएको बताए । 'मैले फिल्मको शुटिङ सुरु हुनु पहिला कुनै पनि बलिउड फिल्मलाई लिएर यस प्रकारको प्रतियोगीता भएको देखेको छैन,' उनले भने । भारतीय संचारमाध्यमका अनुसार पूनमको जोडी बन्न कोसिस गर्ने क्रममा २५ हजार भन्दा धेरै प्रशंषकले सो फिल्मको भिडियो एवं अडियो क्लिप अपलोड गरेको बताए । हेलन' लाई वल्र्ड नेकवर्कको व्यानरमा नकुम एवं विपिन मेढेकरले निर्माण गर्दैछन् ।




प्रतिक्रिया दिनुहोस्...