ओबामाकी छोरीसँग विवाह गर्न ५० गाई, ७० भेडा र ३० वटा बाख्राको प्रस्ताव


केन्या,जेठ १३ - केन्याका एक वकिलले अमेरिकी राष्ट्रपति बराक ओबामाकी जेठी छोरीसँग विवाह गर्न अचम्मको प्रस्ताव  गरेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार केन्याका एक वकिलले अमेरिकी राष्ट्रपतिकी १६ वर्षिय छोरी मालियासँग विवाह गर्न ५० गाई, ७० भेडा र ३० बाख्रा ओबामालाई  दिने अफर गरेका छन्। "२००८ मा मलाई पहिलो पटक यो विषयमा रुची भयो, "नौरोविनय अखबारलाई दिएको एक अन्र्तवार्तामा वकिल फेलिक्स किपरोनोले  भने, "त्यो बेला ओबामा पहिलो पटक  राष्ट्रपति पदको लागि चुनाव लड्दै थिए र मालियाको उमेर जम्मा दश वर्षको थियो।"

उनले अहिलेसम्म आफू कसैसँग पनि डेटिङ नगएको भन्दै मालियाप्रति आफू पूर्ण वफादार रहेको दाबी गरेका छन्। "मैले यो विषयमा आफ्नो परिवारसँग कुरा पनि गरेको छु," उनले भने। उनले आफ्नो प्रस्ताव ओबामासमक्ष राख्ने र आगामी जुलाईमा केन्या भ्रमणमा आउँदा राष्ट्रपति ओबामाले छोरी मालियालाई पनि साथै ल्याउने अपेक्षा गरेको बताए। ओबामाका बुवा केन्याका हुन।


ओबामाकी ९० वर्षीया हजुरआमा अहिले पनि पश्चिम केन्याको कोगेलामा बस्दै आएकी छिन् । यसबाहेक राष्ट्रपति ओबामाका कयौं नातेदार अहिले पनि केन्यामा नै छन्। "यात्रामा मालियालाई पनि सँगै ल्याउनु भन्ने अनुरोधका साथ म ओवाको नाममा एउटा पत्र लेख्ने तरखरमा छुँ। र आशा छ पत्र ओबामासमक्ष पुग्ने छ" फेलिक्स किपरोनोले भने।

उनले आफ्नो ध्यान ओबामाको सम्पत्तिमा रहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको भन्दै आफ्नो सच्चा प्यार ओबामाकी छोरी मालियाप्रति रहेको बताए। उनले मालिया ओबामासँग एक जोडीको रुपमा साधारण जीवन यापन गर्न चाहना रहेको बताएका छन् । "म मालियालाई गाईको दुध निकाल्न, मकैको खिर पकाउन र दुध पकाउन सिकाने छुँ," उनले भने।




प्रतिक्रिया दिनुहोस्...