पहरोबाट बस खस्दा ३० व्यक्तिको मृत्यु


२ जेठ, बेइजिङ । चीनको मध्यउत्तरी सान्सी प्रान्तमा एक बस एक पहरोबाट खस्दा त्यसमा रहेका ३० व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । चुनहुवा प्रशासकीय क्षेत्रको सूचना कार्यालयले अनलाइन विज्ञप्ति प्रकाशन गरी २५ व्यक्तिको घटनास्थलमै मृत्यु भएको तथा अन्य पाँच व्यक्तिको अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ । दुर्घटनाका कारणका विषयमा तत्कालै थाहा हुननसकेको र अधिकारीहरूले त्यसमा अनुसन्धान गरिरहेको बताइएको छ । सरकारी समाचार प्रसारक चाइना सेन्ट्रल टेलिभिजनले यसअघि उक्त बसमा ४० यात्रु रहेको जानकारी दिएको थियो । उक्त बस ३० मिटर तल नालीमा खसेको बताइएको थियो । रासस/एपी





प्रतिक्रिया दिनुहोस्...