फेसबुक र ह्वाट्सएप चलाउँदा यस्ता घाटा
कतिपय कुरा यस्ता हुन्छन् कि जसको बारेमा तपाइँलाई थाहा हुन्छ तर तिनीहरु कति छिटो फैलिन्छन् भन्ने चाँहि अनुमान भैरहेको हुँदैन । यस्तै भैरहेको छ पछिल्लो समयमा सामाजिक सञ्जालहरु । फेसबुक देखि भाइवर र ह्वाट्सएप जस्ता एप्लिकेसनले जीवनलाई फरक बनाइरहेका छन् । यहाँ हाम्रो जीवनमा फेसबुक वा ह्वाट्सएप जस्ता एप्लिकेशनले कसरी प्रभाव पार्छ भनेर चर्चा गरिएको छ ।
१ सामाजिक सञ्जालले एक्लोपन
हुन त सामाजिक सञ्जाल फेसबुक वा ह्वाट्सएप नयाँ नयाँ साथी भेटाउँछन् । तर खासमा यसले सामाजिक सञ्जालमा अत्याधिक समय विताउने र वास्तविक जीवनबाट टाढा रहने समस्या हुन्छ । जर्नल अफ पर्सनालिटी एण्ड सोसज साइकोलोजीमा प्रकाशित खवरका अनुसार सामाजिक सञ्जालका कारण मानिसमा एकलोपन घट्नुको साटो बढिरहेको छ । यसको समाधान इन्टरनेटमा होइन साथी भाइ र परिवारसँग समय विताउनु नै हो । कुनै पनि समस्याको समाधान सामाजिक सञ्जालबाट होइन वास्तविक साथीभाइ र परिवारसका सदस्यसँग बाँढ्दा समाधान हुन सक्छ ।
२ साथीका कारण आफूलाई पनि तनाव
यदि सामाजिक सञ्जालमा जतिबेला पनि सक्रिय रहनु हुन्छ भने तपाइँका लागि घाटा धेरै छ । तपाइँको अफिसका काम गर्ने एक जना साथीको खराव समय चलिरहेको छ भने त्यसको असर तपाइँलाई पनि पर्छ । जर्नल सोशल न्यूरोसाइन्समा प्रकाशित शोधका अनुसार सामाजिक सञ्जालमा सक्रिय रहने ब्यक्तिलाई आफ्नो मात्र समस्या नभएर अरुका समस्या र तनावले समेत प्रभावित गर्छन् ।
३ इर्श्या र डाहा बढाउँछ
सामाजकि सञ्जालमा सक्रिय ब्यक्तिमा मानसिकरुपमा समेत प्रभाव नकारात्मक पर्ने विज्ञहरुको भनाइ छ । खासगरी साथीभाइसँग भएका कुरा आफूसँग पनि होस भन्ने जिद्धी धारणा बन्ने र इर्श्यालु स्वभाव बढ्ने उनीहरुको भनाइ छ । आफूले संगत गरेका ब्यक्तिहरुसँग भएका कुरा आफूसँग पनि होस भन्ने चाहानाबाट यस्ता ब्यक्ति ग्रस्त हुँदै जाने समेत अध्यनको दावी छ । सामाजिक सञ्जालले तुलनात्मक भावना बढाइदिने हुन्छ ।
४ साथीसँग गोप्य कुरा
हावार्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्यनलाई मान्ने हो भने सामाजिक सञ्जालमा सक्रिय ब्यक्तिहरुले आफ्नो जीवनका गोप्य कुरा समेत सहजै भन्ने गर्छन् । साथीभाइसँग प्रेमी प्रेमिका वा पति पत्निका समेत गोप्य कुरा भन्ने बानी सामाजिक सञ्जालले बढाउँछ । जसको नकारात्मक प्रभाव परिवार र सम्बन्धमा परिरहेको हुन्छ । सामाजिक सञ्जालबाट सके सम्म अन्तरंग सम्बन्ध विस्तार नगर्नुस् ।
५ निराशा र त्रास फैलिने
सामाजिक सञ्जालबाट सकारात्मक कुरा मात्र होइन नकारात्मक कुरा पनि निक्कै द्रुत गतिमा फैलिने हुन्छ । सामाजिक सञ्जालबाट निराशा र त्रासका कुरा झनै छिटो फैलिने विज्ञहरुको अध्यनले देखाएको छ । सामाजिक सञ्जालमा सकारात्मक कुरा मात्र शेयर गर्नुस् ।