जीप दुर्घटनामा ६ जनाको ज्यान गयो
फोटो :दुर्घटनापछि क्षतिग्रस्त भएको जीप । तस्बिर : सीता निरौला
ताप्लेजुङ : ताप्लेजुङको थेचम्बु गाविसस्थित पुर्णिमा डाँडाबाट सदरमुकाम फुङ्लिङ आउँदै गरेको जीप ल्याङबा भीरमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ९ बजेतिर ग १ज ५७२८ नम्बरको जीप ल्याङबा नजिकैको भीरबाट लगभग ४ सय मिटर तल झरेको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ थेचम्बुका २३ वर्षीय सागर लिम्बू, ताप्लेजुङ नगरपालिकाकी ३४ वर्षीया भीममाया कटुवाल, २८ वर्षीया निर्मला गुरागार्इं, ३० वर्षीय विकास सुनवार, नगरपालिका–४ बस्ने ६२ वर्षीया रतन्कला सुब्बा र डुम्रिसे बस्ने ३१ वर्षीय शरण लिम्बू छन् ।
दुर्घटनामा जीप चालकसहित ९ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते दुई जनालाई जिल्ला बाहिर पठाइएको छ । अन्यको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जनकारी दिए ।

दुर्घटनापछि उद्धारमा पुगेका स्थानीय
घाइतेहरुमा डुम्रिसे १ बस्ने २३ वर्षीय सन्तबहादुर तामाङ, ७७ वर्षीय धनप्रसाद लिम्बू, ७२ वर्षीया विष्णुमाया तामाङ, सावादिन ३ बस्ने ४२ भीमबहादुर चालिसे, सोही गाविस-९ मा बस्ने ६८ वर्षीय शान्तिराम कटुवाल, ताप्लेजुङ नगरपालिका ५ बस्ने ४८ वर्षीया शान्ति लिम्बू, ताप्लेजुङ नगरपालिका ९ बस्ने २२ वर्षीय सूर्य लिम्बू र पिकअप चालक इलाम बाँझो ९ बस्ने २५ वर्षीय अर्जुन लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
जीप सडकबाट अप्ठ्यारो भीरमुनि झरेकाले उद्धार कार्यमा कठिन भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले खोजी तथा उद्धार गरेका थिए ।