चीन– नेपाल राजमार्ग जोड्दै चिनियाँ सुरक्षाकर्मी


china
मङ्गलबार अपराह्न गएको ७.५ रेक्टर स्केलको सो भूकम्पका कारण नेपाल र चीनलाई जोड्ने राजमार्गमा क्षति पुगेपछि आवतजावत नै बन्द भएको छ । सो राजमाार्ग खुलाउनका लागि चीनका कम्तीमा पनि १२० जना प्रहरीले निरन्तर रुपमा काम गरिरहेको बताइएको छ । साथै त्यहाँ गएको पहिरोमा परी थुप्रिएको ४० हजार क्युबिक मिटर भग्नावशेष हटाउने काममा १८ वटा एक्साभेटरको पनि प्रयोग गरिएको पनि सो समाचारमा जनाइएको छ ।
यस राजमार्गको जाम टाउनसीप र जाम पोर्ट तिब्बत क्षेत्रबाट नेपाल जोड्ने करिब १३ किलोमिटर सडक बिग्रिएको छ । बुधबार बिहान पनि सो राजमार्गको माथिबाट ढुङ्गा खसिरहेकाले बाटो सफा गर्न गाह्रो परेको थियो । तर बुधबार बिहानबाट भूकम्पका पराकम्पनहरु आउन रोकिएकाले सफा गर्ने काम थालिएको सो अप्रेसनका प्रमुख लिउ गुरुगोङले जानकारी दिनुभएको छ । मङ्गलबार पनि नेपालमा शक्तिशाली भूकम्प आएको थियो । गत अप्रिल २५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपालमा यो दोस्रो ठूलो भूकम्प आएको हो ।
यसका कारण पनि नेपालमा ६५ जनाको ज्यान गएको छ । यसको प्रभाव ताइवानमा पनि परेको छ र ताइवानमा पनि एक जनाको ज्यान गएको छ । त्यस्तै चीन नेपाल राजमार्गको जाम पोर्ट र काठमाडौँ जोड्ने सडकखण्डमा पनि यसअघिको अर्थात् अप्रिल २५ को भूकम्पबाट क्षति पुगेको थियो । सो सडकखण्डलाई पनि चिनियाँ प्रहरीले नै करिब दुई हप्तापछिमात्र सफा गरी सडक सुचारु गराएका अर्काे एक समाचारमा जनाइएको छ ।
नेपालमै केन्द्रबिन्दु रहेर अप्रिल २५ मा आएको भूकम्पमा परी नेपालमा कम्तीमा पनि आठ हजार जनाको ज्यान गएको छ ।
सो भूकम्पबाट तिब्बतमा पनि कम्तीमा २६ जनाको ज्यान गएको बताइएको छ । अप्रिल २५ को सो भूकम्पका कारण तिब्बतमा पनि भौतिक क्षति भएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्...