फेरी काठमाण्डौलाई केन्द्र बिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प


काठमाण्डौ, जेठ १ - भर्खरै काठमाण्डौलाई केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलूकी ६ बजेर ५३ मिनेट जादा भूकम्पको पराकम्पन गएको हो ।



यसअघि बुधबार बिहान २ बजे ४ रेक्टर स्केलको भूकम्प पनि काठमाण्डौलाई केन्द्र विन्दु बनाई गएको थियो ।भूकम्प सानै गएपनि काठमाण्डौमा केही बढी महसुस गरिएको थियो । भूकम्प जादा काठमाण्डौका प्राय मानिसहरु सडकमा दौडिएका थिए । आज मात्रै यस लगायत ४ रेक्टर स्केल भन्दा माथी ५ वटा भूकम्प गएका छन् ।

गत बैशाख १२ गते ७.९ रेक्टर स्केलपछि बैशाख २९ गते ७.४ रेक्टर स्केल ( अमेरिकी भूगर्भविदका अनुसार) को शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट अहिलेसम्म झन्डै साढे ८ हजार जनाको मृत्यु भएको छ भने १६ हजार बढी घाइते भएका छन् ।

मंगलबार गएको भूकम्पबाट मात्र अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । मंगलबार गएको भूकम्पबाट सबैभन्दा बढी दोलखामा मृत्यु भएको  छ।

भूकम्पका स साना पराकम्पन गइरहेपनि त्यसले ठूलो क्षति नगर्ने विज्ञको भनाई छ ।




प्रतिक्रिया दिनुहोस्...