एम्बुलेन्स दुर्घटनामा सुत्केरीसहित तीनको मृत्य


फोटो :फाइल फोटो
रौतहट : ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा रौतहटमा सुत्केरी र उनको नवजात शिशुसहित तीन जानको ज्यान गएको छ । घटनामा तीन जना घाइते भएका छन् ।

गएराति करिव साढे १० बजे रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डको चन्द्रपुर नपा–१५ स्थित पडरिया मा ना२ख ९६९८ नम्बरको ट्रक र ज १ च ३४३ नम्बरको एम्वुलेन्स दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा बीरगञ्जबाट सखुअवाधमौरा गइरहेका एम्वुलेन्सको चालक चन्द्रपुर–१ का ३० वर्षीय सुरेश बिक, सखुअवा धमौरा–९ की २२ वर्षीया सुत्केरी हविसुल खातुन र उनको नवजात शिशुको पनि ज्यान गएको इलाका प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

एम्बुलेन्समा सवार ५० वर्षीय सचिन साइ, २५ वर्षीया रुक्सना खातुन , २० वर्षीय समुद्र बिक घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार भएका ट्रक चलाक खोजी भैरहेको प्रहरीले जनाएको छ । तीब्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।






प्रतिक्रिया दिनुहोस्...