News
»
सिन्धुपाल्चोकमा इसाइ बन्नेलाई निशुल्क पक्की घर बनाइदिने प्रस्ताव
सिन्धुपाल्चोकमा इसाइ बन्नेलाई निशुल्क पक्की घर बनाइदिने प्रस्ताव
सिन्धुपाल्चोकमा इसाइ बन्नेलाई निशुल्क पक्की घर बनाइदिने प्रस्ताव वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा सरकारको समेत राहत नपुगेका बेलामा राहतका नाममा चामलको बोराभित्र बाइबल राखेर पीडितलाई बाँडिएको सिन्धुपाल्चोकका भूकम्पपीडित स्थानीयवासीले जानकारी दिएका छन् ।
“धर्म परिवर्तन गरेर क्रिश्चियन बनेमा भत्केको कच्ची घरलाई निःशुल्करुपमा पक्की बनाइदिने प्रस्ताव आउन थालेको छ, यस्तो प्रस्ताव राख्ने समूह भूकम्पपछि पटकपटक गाउँगाउँ घुमेको छ ” – धर्म परिवर्तनको प्रस्ताव आएको सुनाउँदै सिन्धुपाल्चोक जिल्लाको मध्यभेगस्थित बाडेगाउँ गाविसका कुलप्रसाद कोइरालाले राससँगको टेलिफोन सम्पर्कमा भन्नुभयो ।
दुई वर्षअघिसम्म काठमाडौँका होटेलमा मजदूरी गरी जीवनयापन गर्ने समुदायका मानिस एकाएक लाखौँ रुपैयाँको राहतका साथमा गाउँमा आइरहेका फटकशिला गाविसका श्यामकाजी श्रेष्ठले बताउनुभयो । धर्म निरपेक्ष घोषणा गरिए पनि २०६३ माघ १ गते जारी भएको नेपालको अन्तरिम संविधानको धारा २३ मा कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था गरेको छ ।
त्यस धारामा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम व्यवहार गर्न पाइने छैन’ भन्ने वाक्यांश उल्लेख भएको छ । बाह्रबिसेका स्थानीयवासी चेतमणि न्यौपानेले भन्नुभयो
– “हिन्दू र बौद्ध धर्मावलम्बी गरी ९७ प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको जिल्लामा आर्थिक प्रभाव र लोभलालचकै आधारमा धर्म परिवर्तन गराउने काम नरोकेमा सहेर बस्दैनौँ, हामी सहनशील छौँ, धर्म निरपेक्षता स्वीकारेका छौँ, तर यसलाई धर्म परिवर्तन गराउने लाइसेन्सका रुपमा प्रयोग गरिए जस्तोसुकै कदम चाल्न तयार छौँ ।”
प्रतिक्रिया दिनुहोस्...