विदेशी विमानको मनपरी उडानबारे बुझ्न प्रधानमन्त्री एयरपोर्टमा
काठमाडौं : भूकम्प पीडितको राहत र उद्धारमा नाममा विदेशी विमानले मनोमानीर रुपमा उडान भरेको गुनासो आएपछि प्रधानमन्त्री सुशील कोइराला अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका छन् ।
शनिबारको विनासकारी भूकम्पपछि पीडितहरुको उद्धार र राहतका लागि खटिएको भारतीय सैनिकको टोलीले सरकारी निकायसँग समन्वय नै नगरी मनोमानी रुपमा हेलिकोप्टर तथा जहाज उडाइरहेको गुनासो आएपछि प्रम कोइराला विमानस्थल पुगेका हुन् ।भारतीय उद्धार टोलीले उद्धारमा समेत कुनै समन्वय नगरेको गुनासो नेपालीपक्षले गर्दै आएको छ ।

भूकम्प पीडितको उद्धार र राहतका लागि छिमेकी देशबाट आएका जहाज र हेलिकोप्टरको एकीन तथ्यांक नहुँदा उद्धार प्रक्रिया नै प्रभावकारी हुन सकेको छैन। प्रम कोइरालाले विमानस्थलमा पुगेर विदेशी हेलिकोप्टर र जहाजको संख्या, उडानको अवस्था र समन्वय भए नभएकोबारे सरोकारवालासँग बुझेका छन्। विदेशबाट आएका सबै जहाजको अभिलेख राख्न र अनुगमन गर्न निर्देशन दिएका छन्।
विमानस्थलमा पुगेका प्रम कोइरालालाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले विदेशी विमानहरुको उडान गतिविधिबारे जानकारी गराएका छन् ।भारतीय सैनिकले राहत र उद्धारका नाममा नेपालसँग जोडिएको चीनको सीमाक्षेत्रमा हेलिकोप्टर उडाएको पाइएपछि चीनले त्यसमा कडा आपत्ति जनाइरहेको छ ।