भारतबाट पठाइएको राहत सामग्री व्यापारीको गोदामबाट बरामद
भैरहवा, बैशाख २० । भूकम्प पीडितका लागि भारतबाट पठाइएको राहत सामग्री नै रुपन्देही सिद्धार्थ नगरपालिकाका एक व्यापारीले लुकाएर राखेको फेला परेको छ । भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा ल्याइएको राहत सामाग्री एयरपोर्टनजिक आचार्य राइस मिलमा लुकाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

