राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ
काठमाडौँ, १६ जेष्ठ - भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम डब्लुएफपीका कर्मचारी चरेससहित पक्राउ परेका छन्।
डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको नयाँ पत्रिका दैनिकमा खबर छ।
नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो एनसिबीका एसपी धीरजप्रताप सिंहले बताए। जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो, उनले भने, आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन्।