भोजमा खर्चिने रकम रक्तसञ्चारलाई प्रदान


rameshरुकुम,वैशाख २५ – हरेक मान्छले विहे गर्ने भएपछि के गर्छन ? आफन्त र छिमेकीहरुलाई बोलाउँछन्, खसीबोका काट्छन्, भोजभतेर खान्छन् र गाजाबाजा बजाउँदै नाचगान गरेर रमाउँछन् । तर रुकुमका एक नवविवाहित जोडीले भने आफ्नो विहेको भोजमा खर्च हुने रकम रक्तसञ्चार केन्द्र स्थापना (ब्लड बैंक) स्थापनाका लागि भन्दै बिहे भोज नगरी सहयोग गरेका छन् ।
खलंगा– १ का रमेश गौतम र नेपालगन्जकी प्रतिभा पोखरेलले विहे भोजमा लाग्ने खर्च ब्लड बैंक स्थापनाका लागि दिएका हुन् । नेपाल रेडक्रस सोसाइटी रुकुमले गरेको एक कार्यक्रममा जोडीले उक्त सहयोग प्रदान गरे ।
जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक स्थापनमा सहयोग पुगोस् भन्ने हेतुले आफूहरुले यस्तो सहयोग गर्न लागेको उनीहरुले बताए । ‘भोज गरेर बेक्कार पैसा सक्नुभन्दा बरु सामाजिक काममा त्यो पैसा लगाउँदा उपलब्धिमुलक हुन्छ भन्ने ठानेर हामीले यस्तो निर्णय गरेका हौं,’ सहयोगको चेक हस्तान्तरण गर्दै नवविवाहिता जोडीले भने ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली र प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले नवविवाहित जोडीलाई धन्यवाद दिदै वर्तमान युवाहरुले पनि विहेमा भडकिलो खर्च नगरी यसलाई पाठका रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।






प्रतिक्रिया दिनुहोस्...