चिनिया सशस्त्र प्रहरी र इन्जिनियरिङ टोलीले काम थाल्यो
० बैशाख
काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ।
नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। महाभूकम्पको भोलिपल्ट गत आइतबार चिनियाँ जनमुक्ति सेनाको ६२ सदस्यीय खोज तथा उद्धार टोली नेपाल आएको थियो ।
चीनले भूकम्पका कारण नेपालका अतिप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा राहतका खटाएका अरु टोलीहरू पनि नेपालमा सक्रिय छन् । चिनिया सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार आइतबार दिउँसो ट्राफिक उद्धार ब्रिगेडका १ सय ६० सशस्त्र प्रहरी अधिकारी तथा इन्जिनियरिङ मिसनरीका ५६ एकाई तातोपानीस्थित मैत्रीपुल हुँदै नेपाल आएका हुन्।काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ।
नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। महाभूकम्पको भोलिपल्ट गत आइतबार चिनियाँ जनमुक्ति सेनाको ६२ सदस्यीय खोज तथा उद्धार टोली नेपाल आएको थियो ।
एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो । भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ।
शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ ।
आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले सिन्ह्वालाई बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।
खबरडबली बाट
