दुई बेडरुमको बिजुली बिल ८८ करोड आउँदा परिवारको होस नै उड्यो
एजेन्सी / भारतमा एक व्यक्तिको घरमा बिजुलीको बिल ५५ करोड भारतीय रुपैयाँ अर्थात नेपाली ८८ करोड रुपैयाँ आएको छ । भारतको झारखण्ड राज्यको राजधानी कराँची निवासी कृष्णप्रसादको घरमा उक्त बिल आएको हो ।
उनीहरु घरमा नभएका बेला उक्त बिल छाडिएको थियो । मिटर रिडिङ गरेर छाडिएको उक्त बिजुलीको बिल जब उनले आएर हेरे तब उनको होसवास नै गुमेको थियो । यो कुनै सानोतिनो बिजुलीको बिल थिएन ।
बिजुलीको मासिक बिल यति धेरै देखेपछि उनको झन्डै ज्यानै गएको भारतीय संचार माध्यम news.indiaonline.in ले जनाएको छ । प्रसादले बिजुली विभागविरुद्ध मुद्धा दर्ता गर्ने भएका छन् ।
उनले यो बिल ५५ वर्षीया आमालाई देखाउँदा आमा बेहोसै भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।
भारतीय संचार माध्यम का अनुसार पाँचजनाको परिवार रहेका उनीहरु दुर्इवटा कोठा भएको घरमा बस्दै आएका छन् । ज्यानै लिने गर्मीका बाबजुत पनि उनीहरुले एसीको प्रयोग पनि गरेका छैनन् ।
यो सहरमा दैनिक ७ देखि ९ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । यस्तो अनौठो घटना सार्वजनिक भएपछि झारखण्ड बिजुली विभागले आफ्ना दुर्इ कर्मचारीलार्इ निलम्बन गरेको छ ।