अबदेखि फ्रि भिसा बाहेक बैदेशिक रोजगारमा जान नपाइने


वैशाख २७ - काठमाडौँ,  

सरकारले फ्रि भिसा बाहेक अन्य भिसामा आफ्ना नागरिकलाई बैदेशिक रोजगारमा नपठाउने भएको छ। 

शुल्क लिएर बैदेशिक रोजगारीमा पठाउने कार्य अब बन्द भएको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए। मलेसिया, इजरायल, कतार, कुवेत, बहराइन, साउदी अरेविया, युनाइटेड अरब इमिरेट्स यूएई लगायतका मुलुकमा फ्रि-भिसा बाहेक अन्य कुनै पनि भिसामा कामदार नपठाउने निर्णय भएको कान्तिपुर दैनिकमा खबर छ। 

अव जाने नेपालीले केही प्राविधिक शुल्क बाहेक रोजगारीमा कत्ति पनि शुल्क बुझाउन पर्दैन। यसअघि कतार लगायत मुलुकले फ्रि भिसा दिएको भए पनि म्यानपावर कम्पनीले भने चर्को शुल्क असुल्दै आएको थियो। यसबारेमा कतारी मन्त्रीले नै आपत्ति जनाए पनि सरकार सचेत भएको हो।





प्रतिक्रिया दिनुहोस्...