पूजा साहका परिवारलार्इ ६ लाख
फोटो :फाइल फोटो
काठमाडौं : सरकारले बलात्कारपछि हत्या गरिएकी बाराकी बालिका पूजा साहका परिवारलार्इ ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाराको बारा कलैया नगरपालिका-८ की बालिका पूजा साहका परिवारलार्इ राहतस्वरुप सो रकम दिने निर्णय गरेको हो ।
गत फागुन ८ गते साँझ कलैयाको दहीबजार नजिकबाट बेपत्ता भएकी पूजा फागुन ९ गते बिहान कलैया-६ स्थित तीन चन्द्र उच्च माविको दक्षिणस्थित खाली जग्गामा बलात्कृत अवस्थामा फेला परेकी थिइन् ।
काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । उनलार्इ बलात्कारपछि हत्या गर्ने जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गत चैत ३ गते सुनाइसकेको छ ।
अदालतले कर्तब्य ज्यान मुद्धामा सर्वश्वसहित जन्म कैद अर्थात २० वर्ष कैद र जबरजस्ती करणी मुद्धामा १५ वर्ष गरी कुल ३५ वर्ष कैदको सजाय तोकेको थियो ।

त्यसैगरी पीडित परिवारलार्इ गुप्ताको चलअचल सम्पतिबाट दुर्इ लाख रुपैयाँ क्षतिपूर्ति भराउन जिल्ल्ला अदालतले आदेश दिएको थियो ।