जंगबहादुरले बनाएको ऐतिहासिक डुंगना गढी ध्वस्त (फोटोफिचरसहित)
काठमाडौं, वैशाख २५ । महाभूकम्पमा परी राणा प्रधानमन्त्री जंगबहादुर राणाले बिं.सं. १९१२ तिर सिन्धुपाल्चोकको नेपाल–तिब्बत सीमानामा बनाएको ऐतिहासिक डुंगना गढी पनि ध्वस्त भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गाविसको वडा नम्बर–६ यारमसिङ गाउँमा रहेको डुंगना गढीले गत वैशाख १२ गते गएको भूकम्पमा परी अस्थित्व गुमाएको हो ।
महाभूकम्पमापरी समुद्री सतहबाट २१ सय मिटरको उचाइमा अवस्थित डुंगना गढीसँगै सिंगो गाउँ नै समेत खन्डहरमा परिणत भएको छ ।
महाभूकम्पपछि गढी र उक्त गाउँ आसपासका केही तस्वीरः