कस्ता घरमा बस्ने इन्जिनियरको सल्लाह लिनुस्


भूकम्पले असर गरेका कस्ता घरमा बस्ने ? कुन घरको अवस्था कस्तो छ ? यसको यकिन नहुँदा धेरै सर्वसाधारण अझै घर फर्किन सकेका छैनन् ।

सर्वसाधारणको यही अवस्थामा सहयोग गर्न नेपाल इन्जिनियर्स पेशाकर्मी संघले उपत्यकाका घरहरुको बर्गिकरण गरिदिने भएको छ । 'रेड', 'एल्लो' र 'ग्रीन' गरी तीन वटा श्रेणीमा वर्गिकरण गरिने संघका अध्यक्ष इन्जिनिययर डा. माधव कोइरालाले जानकारी दिए ।

उनका अनुसार बस्न नमिल्ने घरमा 'रेड', मर्मतपछि बस्न मिल्नेलाई 'एल्लो' र बिना मर्मत बस्न सकिनेलाई 'ग्रीन' चिन्ह लगाइने छ ।

पहिलो चरणमा सबै भन्दा बढी क्षतिग्रस्त स्थानमा टोली परिचालित हुनेछ । संघले यसका लागि शनिबार इन्जिनियरहरुको भेला बेलाएको छ ।

भेलामा कसरी काम सञ्चालन गर्ने भन्नेबारे इन्जिनियरहरुलाई निर्देशन दिने र टोली निर्धारण गर्ने कोइरालाले जानकारी दिए ।

सोर्स-ईकान्तिपुर




प्रतिक्रिया दिनुहोस्...