महा नायक अमिताभको मृत्‍यु खबर सनसनी


नयाँदिल्ली, १८ वैशाख ।बलिउडका बादशाह अमिताभ बच्चनले नेपालका भुकम्प पीडितहरुलाई सहयोग गर्नुपर्ने आवाज उठाइरहेका उनको मृत्‍यु भएको समाचार आएको छ। उनको मृत्‍युको खबर सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ तपाईं दुखी बन्न सक्नु होला तर उनको मृत्‍युको खबर झुटो हो।बिभिन्न सोसल मिडियाहरुमा उनको झुटो मृत्‍युको खबर भाईरल बनेको छ। वाट्स एपमा पहिले उनको मृत्‍युको खबर भाईरल बनेको हो। हुनत उनको मृत्‍युको खबर फैलिएको यो पहिलो पटक होइन। यस अघी पनि उनको मृत्‍युको खबर झुटो आईसकेको छ।जुन खबर पछी उनको परिवारको तर्फबाट कुनै पनि प्रतिकृया आईसकेको छैन। यही मृत्‍युको झुटो खबरले उनको नयाँ फिल्म पिकुको थोरै भए पनि पब्लिसिटी भएको छ। सुजित सरकारले निर्देशन गरेको जुन फिल्म मे ८ मा रिलिज हुँदैछ। फिल्ममा बिग बि, दिपिका र ईरफान खानको मुख्य अभिनय रहेको छ।#हाम्रो संदेश






प्रतिक्रिया दिनुहोस्...