रहस्य बन्दै अमेरिकी हेलिकप्टरःसबै अलमलमा, प्रचण्डले पनि मुख खोले


३१ बैशाख, काठमाडौं ।

नेपालमा भूकम्प पीडितको उद्दार तथा राहतका लागि भन्दै आएको अमेरकी हेलिकप्टर एकाएक हराएर ३ दिन सम्म पनि अत्तो पत्तो नलाग्दा यो विषय रहस्यमय बनेको छ । अस्ती दिउँसोदेखि हराईरहेको अमेरिकी हेलिकप्टर अझै पत्ता लाग्न सकेको छैन ।

हिजो नेपाल विद्युत प्राधिकरणका अधिकारीले दोलखाको सिंगटी बजारमा रहेको विद्युत प्राधिकरणको सबस्टेशन परिसरमा हेलिकप्टर रोकिएको र त्यसमा रहेका सबै यात्रु सकुशल रहेको जानकारी पाएको बताए पनि नेपाली सेना र प्रहरीले त्यसको खण्डन गर्दै अहिलेसम्म हेलिकोप्टर नभेटिएको जनाएका छन् ।

American helicopter

नेपाल विद्युत प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाटले हिजो त्यहाँका कार्यचारीले हेलिकोप्टर भेटिएको जानकारी दिएपनि अहिलेसम्म हेलिकोप्टर भेटिएको पुष्टि हुन नसकेको बताए ।

दोलखाका प्रहरी वरिष्ठ उपरिक्षक सुरेश विक्रक शाहले अहिलेसम्म हेलिकोप्टर नभेटिएको र खोजी कार्य जारी राखिएको जानकारी दिए । मंगलबार गएको भूकम्पमा परेकाहरुको उद्धार र खोजिका लागि दोलखातर्फ उडेको अमेरिकी सेनाको हेलिकप्टर अस्ती दिउसो साँढे २ बजेदेखी सम्पर्क बिहिन भएको हो । हेलिकप्टरमा नेपाली २ र अमेरिकी ६ गरि ८ जना रहेको नेपाली सेनाले जनाएको छ ।

प्रचण्ड पनि चिन्तित
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डले सरकार एकदमै कमजोर भएकाले राष्ट्रियता खतरामा परेको बताएका छन् । पार्टी संसदीय दलको बैठकममा सम्बोधन गर्दै प्रचण्डले देशमा आएको महाविपत्तिसंगै विदेशी चलखेल बढेको बताएका हुन् ।

Prachanda Talks to Media

प्रचण्डले उद्धारको लागि आएको अमेरिकी हेलिकप्टर सम्पर्कविहीन भएकोमा सरकार संवेदनशील नभएको आरोप लगाए । प्रचण्डले दोलखामा उद्धारमा खटिएको हेलिकप्टर हराएको तीन दिन बितिसक्दा पनि सरकारले यथार्थ जानकारी दिन नसक्न् संवेदनशील नदेखिएको प्रष्ट हुने टिप्पणी गरे ।

उनले भने, ‘हेलिकप्टर हराएको हो, कि लुकाएको हो विषय गम्भीर छ’ । प्रचण्डले कमजोर सरकारको बढी आलोचना गरिएमा झन् विदेशीले खेल्ने मौका पाउनेमा आफूहरु सचेत रहनुपर्नेमा जोड दिएको सभासद् रामनारायण बिडारीले जानकारी दिए ।

अनेकन अडकल

अमेरिकी हेलिकप्टर रहस्यमयरुपमा हराएपछि यो विषयमा अनेकन अडकलवाजी शुरु भएका छन् । ठूला भनिएका मिडिया सम्म झुक्क्याएको यो घटनालाई लिएर कतिपयले हेलिकफ्टर चीनमा जासुसी गर्न गएको भन्न थालेका छन् भने कतिपयले चीनले जासुसी गर्दा गर्दै खसालेको सम्म अनुमान गरेका छन् । यद्यपी यसको विषयमा आधिकारिक जानकारी आउन सकेको छैन ।

सरकारकै मन्त्रीहरु समेत हेलिकप्टरको  विषयमा अलमलमा देखिएका छन् । हिँजो मात्र अर्थमन्त्री रामशरण महतले हेलिकप्टर भेटिएको भन्दै ट्वीट गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्...