'दक्षिण सागरमा चीनले ठूला हतियारसहित सेना राख्यो


फोटो :एजेन्सी
कडा कदम चाल्ने अमेरिकी चेतावनी
एजेन्सी : चीनले विवादित दक्षिण चीन सागरमा बनाइएको कृत्रिम द्वीपमा ठूला हतियारसहित सेना तैनाथ गरेको आरोप अमेरिकाले लगाएको छ ।

अमेरिकी अखबार वल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीलार्इ उधृत गर्दै छापेको समाचारमा यो दाबी गरिएको हो । अमेरिकाले चीनले दक्षिण सागरको मानव निर्मित द्वीपमा ठूला हतियारसहितका सेना तैनाथ गरेको फोटो समेत सार्वजनिक गरेको छ ।

अमेरिकाले सार्वजनिक गरेको तस्बिरमा द्वीपमा तोपखाना देखिन्छ । तर अमेरिकन अधिकारीहरुले यो द्वीपमा चीनले मोबाइल आर्टिलरी हतियार भने देखिन छाडेको जनाएको छ ।

तर चीनले ती हतियार हटाएको या लुकाएकोबारेमा अमेरिकाले केही भनेको छैन ।चीनले एकसाता अघिमात्रै आफ्नो युद्धक समुद्री जहाज र एयरफोर्सको नीति बदल्ने घोषणा गरेको थियो ।  साथै चीनले दक्षिण चीन सागरमा कृत्रिम द्वीप बनाएको तथ्य पनि बाहिर ल्याएको थियो ।

चीनले द्वीप बनाएपछि अमेरिका रुस्ट

दक्षिण चीन सागरमाले द्वीप बनाएपछि अमेरिकी सिनेटर जोन म्याक्केनले चीनले विवादित क्षेत्रमा तनाव पैदा गरिरहेको आरोप लगाएका छन् ।

म्याक्केन अमेरिकी सिनेट आर्म्स सर्भिसेज कमिटीका प्रमुख हुन् । उनले चीनले दक्षिण सागरमा हतियारसहित सेना तैनाथ गर्नुले त्यो क्षेत्रमा अझै तनाव बढ्ने बताए ।
उनले चीनलार्इ अन्तर्राष्ट्रिय नियमको उल्लंघन नगर्न सचेत गराइएको बताए । 'हामी चीनसँग टकराव चहाँदैनौ', उनले भनेका छन्, 'तर चाँडै कडा निर्णय लिएर चीनको यो गतिविधि रोक्ने तर्फ कदम चाल्ने छौं ।'

उता अमेरिकाको आरोपको चीनको विदेशमन्त्रालयले खण्डन गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले आफूहरुले द्वीपमा हतियार तैनाथ नगरेको बताए । लामो समयदेखि दक्षिण चीन सागरमा चीन र अमेरिका एक आपसमा युद्ध गर्ने खबर बाहिर आइरहेको छ ।

यो सागरको पुरै क्षेत्रमा चीनले आफ्नो दाबी गर्दै आएको छ । हालैमात्र चिनियाँ एयरफोर्सले विवादित द्वीपमा घुमिरहेको अमेरिकी निगरानी एयरक्राफ्टलार्इ फिर्ता हुन चेतावनी दिएको थियो । यसपछि दुबै देशबीच तनाव बढिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्...