५० हजारको लोभ देखाएर ठगी गर्ने दुई भारतीय महिला पर्सामा पक्राउ
पर्सा, जेठ १४ - ५० हजार भारतीय रुपैया सहयोगको लोभ देखाउदै नेपालका भूकम्पपीडितलाई ठगी गर्दै २ हजार उठाउदैँ आइरहेका दुई भारतीय महिलाहरु पर्सामा पक्राउ परेका छन् ।
भारत सरकारले ५० हजार दिने त्यसका लागी पिडीतहरूले रु २ हजार भारतीय रुपैया दिएर त्यसको फारम भर्नुपर्ने भन्दै ठगी गर्दै आइरहेका आरोपमा प्रहरीले ती महिलाहरुलाई सुर्जाहा गाविसको मधुवनी टोलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय सिमावर्ती शहर रक्सौल धनगढवा टोल वस्ने भिखारी यादवकी पत्नी शान्तिदेवि र रामनारायण महतो मलाहकी पत्नी गीरीजा देवि मलाहा रहेका छन् ।
उनीहरुको साथबाट नेपाली नागरिकताको फोटोकपिहरु, ठगी गरिएको रकम लगायतका कागजपत्रहरु पनि प्रहरीले बरामद गरेको छ ।
नेपालका भूकम्प पीडितलाई भारत सरकारबाट ५० हजार भारतीय रुपैया सहयोग उपलव्ध गराइने भएको भन्दै त्यसको लागि पिडीतहरूले रु २ हजार भारतीय रुपैया जम्मा गरेर फारम भर्नु पर्छ भनी प्रलोभन दिइ घरदैलो निरीक्षण गर्दै घुमिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।