सरकार बनाउन प्रचण्डको शर्तः संविधान सुनिश्चित हुनु पर्छ


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्ननिर्माण र संविधान निर्माण गर्ने सर्तमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने बताएका छन् । सोलुखुम्बुमा निर्माण गर्न लागिएको किराँत गणतन्त्र टावरका बारेमा जानकारी किराँत गणतन्त्र टावर फाउण्डेशनले काठमाण्डौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दुई कार्यभार पूरा गर्ने सर्तमा त्यो इच्छा शक्ति र भिजन सहित सरकार गठन गर्न सकिने बताए ।

नयाँ सोच र भिजन सहितको राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि मन्त्री मण्डल विस्तारको कुनै अर्थ नरहेको उनको भनाई थियो । ‘मन्त्री मण्डल हेरफेर गर्ने गरी विस्तार गरेर देशको समस्या समाधान हुँदैन, प्रचण्डले भने, त्यसको लागि अहिले देखिएको विपद्को सामान गर्ने दिर्घकालिन योजना, कार्यक्रम र इक्षा शक्ति सहित राष्ट्रिय एकता अहिलेको आवश्यकता हो ।’ विनासकारी भुकम्पले तहस नहस भएको देशको विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको प्रचण्डको भनाई छ । अहिलेको अवस्थामा विदेशीको मुख ताकेर र मागेर मात्र नहुने भन्दै प्रचण्डले आफ्नै खुट्टामा उभिनु पर्ने र आफै पौरख गर्ने गरी एकतावद्ध भएर लागे भुकम्पछि उत्पन्न चुनौतीको सामाना गर्न सकिने बताए । ‘उनीहरुको चाहना अनुसार अनुसार हामी हिड्ने होइन, हाम्रो योजना अनुसार आएका विदेशी सहयोग मात्र स्वीकानए सकिन्छ’ प्रचण्डले भने । सबै शक्ति एकजुट भएर पुर्ननिर्मााण र नवनिर्माणमा लाग्नु पर्ने बेला आएको भन्दै देशले राष्ट्रिय एकता खोजेको प्रचण्डले बताए ।





प्रतिक्रिया दिनुहोस्...