बाबुरामबारे सहपाठीकाे टिप्पणी : बाबुराम जत्तिको हुन पाए मेरो बा कति खुसी हुनुहुन्थ्याे होला !
मैले सानैमा स्कूलमा देखेकाे बाबुराम भट्टराई यिनै थिए । म भन्दा ठीक एक क्लास माथि । म भरखर भर्ना भएकाे थिएँ तर उनी पहिल्यै देखि । मैले बाबुरामकाे बिषयमा सुनेकाे तर चिनेकाे थिइन । सधै हाेलफस्ट हुने मान्छे कस्ताे हाेला भन्ने लाग्थ्याे मनमनै । म भर्ना भएकाे दुई महिनापछि मात्र साथीले टाढैबाट यिनै हुन बाबुराम भनेकाे भनेर चिनाई दिए । मैले बाबुरामलाई निकै मन र ध्यान दिएर हेरें र मनमनै केटाकेटी बुद्धीले अनुमान खुबै गरें “यस्ताे नखाने चरा जस्ताे मसिनाे मान्छे सधै स्कूल टप गरेकै हाेला त ? मलाई यसै कुराले धेरै दिन सतायाे । उनी खित्का छाेडेर हाँसेकाे मैले कहिल्यै देखिनँ ।
पातलाे शरीर अहिलेकाे भन्दा धेरै गुना राम्राे नरम गाेराेमा हल्का पहेलाे छाला भएकाे गम्भीर अनुहार धेरै उपेन्द्र देबकाेटाकाे र भीम गुरु (नेपाली शिक्षक) सँग रहने । देबकाेटा बाेलिरहनु पर्ने, उनकाे मुसुक्क हास्ने अति कम बाेल्ने मात्र भैरहेकाे देख्थें । रिजल्ट हुँदै थियाे सबै बाबुराम नै हुन्छन हाेल फस्ट भनी भित्रभित्रै कुरा गर्थे । म चाहिँ नयाँ विद्यार्थी भएकाेले खै के हाेला जस्तै लाग्थ्याे । उनकाे मलिन अनुहार, कत्ति फूर्तिफार्ति र बाेलेकाे पनि त्यति नसुनेर मैले भेउ पाउन सकेकै थिइन । रिजल्ट भर्गिज हेडसरले सुनाए, अाखिर बाबुरामले अत्यधिक अंकले हाेलफस्ट मारे । मलार्इ गजव लागिरह्याे । अनि त्यही दिनदेखि बल्ल मैले खाटी बाबुरामलाई चिनेकाे हुँ ।
शिक्षकहरू सबैकाे अति प्रिय, बढी एकान्त प्रेमी, अति अनुशासित,अघिल्लाे बेन्चमा शीतल भएर बस्ने, धेरै साेचिरहे जस्ताे भान हुने, कसैलाई पीडा नदिने, तल भन्ज्याङकाे पँधेराेबाट भूड्काेमा पानी बाेकेर ठाउँठाउँमा बिसाउँदै ल्याउने (त्यतिखेर सबैले अाफ्नाे पालाकाे दिनमा पिउने पानी बाेकेर स्कूलसम्म पुर्याउनुपर्ने चलन थियाे, स्कूलमा पानीकाे ब्यबस्था थिएन), कसैसँग अनाबश्यक कुरा नगर्ने र फूर्तिफार्ति पटक्कै थिएन । खेलकुदमा त्यति सहभागी नहुने । बादबिबाद र लेख, निबन्ध प्रतियाेगितामा भाग लिने । कहिले भन्ज्याङमा डेरा कहिले हाेस्टेलमा यस्तै थियाे उनकाे बसाई । ५ काे रिजल्टबाट मैले राम्रैसंग चिनेकाे बाबुरामले क्रमशः ६, ७ मा पनि झन् फड्काे मार्दै हाेलफस्टमा नै कायम हुदासम्म एउटा सानाे मसिनाे भूलसम्म गरेकाे देख्न सुन्नमा अाएन ।
शिक्षकदेखि उनी भन्दा माथि तहका बिद्यार्थी सम्मले कदर गरेकाे देख्दा मलाई लाेभ लाग्थ्याे र मनमनै बाबुराम जत्तिकाे हुन पाए मेराे बा कति खुसी हुनुहुन्थाे हाेला भनेर । अाखिर यहि उद्देश्यले मेराे अध्ययनकाे गुणस्तरले पनि छिटै फड्काे मारिरहेकाे थियाे । ७ कक्षाबाट म अर्काे स्कूलमा जानू पर्ने भयाे तर मैले बाबुरामकाे सकिनसकी नक्कल गरिनै रहें । बाबुरामले लुइटेलमा बीट गर्दै गएकाे सुनिरहैकै थिएँ र उनकाे एस एल सि रिजल्टकाे काैतुहलता मलाई बेसरी थियाे । अाखिर भ्याली भन्दा बाहिरकाे स्कूलबाट पहिलाे बाेर्डफस्ट उनैकाे नाउ दर्ज भै छाडयाे । मेराे घरमा बुबाहरूसँग त्याे दिन निकै प्रसंग चल्याे । त्यसपछि पनि अमृत साइन्स कलेजकाे बाबुरामकाे नाम निकै चल्दै थियाे, अाखिर त्यहा पनि बाेर्ड टप भै उच्च शिक्षाकाे लागि बाहिर गएपछि केही बर्ष उनकाे बिषयमा केही सुनिएन, पछि त्यहा पनि यस्तै टप भएकाे हल्ला अायाे । देशबासी सबैलाई खुसी पार्न सफल भए । अाखिर उनी नेपालकाे विश्व परिचित विद्वान वनेर देश र हाम्राे इज्जत बढाई छाडे । बिद्वानहरू विदेश पलायन हुनुहुन्न स्वदेश मै बसेर र केही काम गर्नै पर्छ भन्ने उदाहरण देखाइ रहेछन बाबुरामले ।
निजी स्वार्थमा लागेकाे देखिएन र झन जनताकाे सहानुभूति जागिरहेकाे छ। बाबुरामलाई अप्ठ्याराे निकै परेकाे छ । माथिल्लाे पदमा पुगेर राज्यकाे पावर हातमा नलिएसम्म उनले काम गर्ने अवसर पाउन्नन्, याे सबैलाई जगजाहेर नै छ । उनी याे देशकाे द्रूत बिकासकाे लागि भिजन सहितका सक्षम ब्यक्ति पनि हुन । यस्ताे मान्छे पाउनु नेपालीकाे लागि अहाे भाग्य हाे । देश बनाउन बाहिरबाट मान्छे हायर गर्नु पर्ने अाबश्यकता परेन । त्यसैले हामीले कुराे बुझेेर बाबुरामलाई काम गर्ने माैका दिनु पर्छ र बाबुरामले पनि देश जनताकाे लागि निष्पक्ष भएर काम गर्नु पर्छ । खुट्टा तान्ने प्रबृत्ति राेकिनु र काम गर्ने बाटाे फुकाई दिनु पर्छ । अनि बल्ल काे रहेछन खाेपलाङे बाबुराम थाह हुन अाउँछ । बाबुरामकाे हातखुट्टै बाधेर लाै काम गर भनेर त बाबुरामकाे केही लाग्दैन ।