गृहमन्त्रालयले भन्योः भारत थोत्रा कपडा फिर्ता गर


भारत सरकारले पठाएको राहतमा २२ पोका थोत्रा कपडा भेटिएको छ । भारतले पठाएको राहतमा थोत्रा कपडा भेटिएपछि गृहमन्त्रालयले ती कपडा सुरक्षित राखेर जस्ताको तस्तै फिर्ता पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतले पठाएका राहत सामग्रीमा थोत्रा कपडा पनि रहेको बारे मन्त्रालयलाई जानकारी प्राप्त भइसकेको भन्दै ती कपडा सुरक्षित राखेर जस्ताको तस्तै फिर्ता गर्ने बताए । भारतबाट थोत्रा कपडा आएको विषयमा मन्त्रालय पनि जानकार भएको भन्दै प्रवक्ता ढकालले ती कपडा सुरक्षित राखेर जस्ताको तस्तै फिर्ता पठाउन प्रमुख जिल्ला अधिकारीलाइ निर्देशन दिइसकेको बताए । प्रवक्ता ढकालले थोत्रा कपडा कसैले पनि राहतका नाममा वितरण गर्न नपाउने बताए । पीडित नागरिकलाई थोत्रा कपडा दिनु भनेको थप अपमान गर्नु हो भन्दै उनले त्यसैले पुराना कपडा कसैले पनि वितरण गर्न नपाइने पनि बताए । उता भारतीय सञ्चार माध्यममा भने यो विषय पनि हेडलाइन समाचार बनेको छ ।




प्रतिक्रिया दिनुहोस्...