बन्द प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली भारत तर्फ


काठमाडौं, जेष्ठ १७ । आसन्न टि–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको बन्द प्रशिक्षण र भिषा प्रक्रियाका लागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिल्ली प्रस्थान गर्दैछ ।
भारतको प्रशिक्षण सकिएपछि नेपाली टोली थप अभ्यास र मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्स जाने कार्यक्रम अनुसार दिल्लीमा नेपालीटोलीको भिषा प्रक्रियाको काम हुनेछ ।
भिषा प्रक्रियाको काम सकिए पछि नेपाली टोली बन्द प्रशिक्षणका लागी हिमाञ्चल प्रदेश जानेछ ।
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएनको मैदानमा नेपालले जुन ५ देखि २० सम्म १५ दिन बन्द प्रशिक्षण गर्नेछ ।
छनौट प्रतियोगिता आउँदो जुलाइ ९ देखी २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
नेपालसहित कुल १४ राष्ट्र सहभागि प्रतियोगिताका शीर्ष ६ राष्ट्रले सन् २०१६ मा भारतमा आयोजना हुने आइसीसी टि– ट्वेन्टी बिश्वकप क्रिकेट प्रतियोगितामा १० टेष्ट खेल्ने राष्ट्रहरुसँगै स्थान सुरक्षित गर्नेछन् ।
छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले जुलाई १० मा अमेरिकाको सामना गर्ने छ ।   






प्रतिक्रिया दिनुहोस्...