रुसबाट आयो नेपाली सेनाको दुईवटा अत्याधुनिक सैनिक हेलिकप्टर
काठमाडौं,जेठ २६ । नेपाली सेनाले किनेको नयाँ २ ओटा एमआइ सेभेन्टिन हेलिकप्टर काठमाडौं आइपुगेको छ । सेनाले २ वटा एमआइ सेभिन्टिन भी फाइभ हेलिकप्टर मित्रराष्ट्र रुसबाट किनेर नेपाल ल्याएको हो । २०७० कार्तिक १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाको लागि आवश्यक २ ओटा हेलिकप्टर खरिद गर्नका लागि “नेपाली सेनाको लागि हेलिकप्टर खरिद सम्बन्धी कार्यविधि” पारीत भएको थियो ।
रुसको सरकारी स्वामित्वमा रहेको हेलिकप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एक मात्र कम्पनी ज्वाइन्ट स्टक कम्पनीसँग सेनाले हेलिकप्टर किन्न २०७० साल ४ गते संझौता गरेको थियो । नेपाली सेनाको सामरिक क्षमताको लागि एक रणनीतिक साधनको रुपमा रहने, हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको ठुलो हवाई साधनहरुसंग एकरुपता आउने, नेपालमा नै उपलव्ध पाईलटहरुद्धारा सहज तरिकाले उडान भर्न सक्ने, स्तरियता कायम गर्न मद्धत पुग्ने र दीर्घकालिन रुपमा मितव्ययी हुन जाने तथ्यहरुलाई समेत मध्यनजर राखी सो हेलिकप्टरहरु खरिद गरिएको सेनाले बताएको छ ।
नेपाली सेनाले यो हेलिकप्टर मित्रराष्ट्र रुसमा किन्न नेपालस्थित रुसको राजदुतावास मार्फत खरिद प्रक्रिया अगाडी बढाएको थियो ।
यद्यपी हेलिकप्टर खरिदका क्रममा अपारदर्शी निर्णय गरेको भन्दै सेनाको आलोचना समेत भएको थियो ।
यद्यपी हेलिकप्टर खरिदका क्रममा अपारदर्शी निर्णय गरेको भन्दै सेनाको आलोचना समेत भएको थियो ।