प्रचण्डका कार्यकर्ताले आङकाजीको आँखा निकालिदिने चेतावनी


काठमाडौँ, ३१ जेठ – नेकपा एमालेको जिल्ला उपसचिव पद छाडेर जातीय नेता बन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुम हल्लाउँदै हिँडेका नेता आङकाजी शेर्पाको आँखा निकालिदिने चेतावनी प्रचण्डका कार्यकर्ताले दिएका छन् । आङकाजी शेर्पाले प्रचण्डको हत्या गर्ने धम्कीसहित फेसबुकमा स्ट्याटस लेखेपछि उनलाई यस्तो चेतावनी आएको हो । एमाओवादीका कार्यकर्ता तथा मजदुर नेता जनक बर्तौलाले फेसबुकबाटै यस्तो चेतावनी दिएका हुन् । उनले आइतबार फेसबुकमा लेखेका छनः ओइ आङ्काजी शेर्पा तिमी मुला प्रचन्डको हत्याको कुरा गर्ने । तेरो दिन सिद्दिन लाग्या होकि हाम्रो हात चिलाको हो । अरु कुरा छोड । फेरि येस्तै कुरा गर्दै हिँडिस भने हामीले पनि सोच्नुपर्ने हुन्छ । हाम्रो आदरणीय नेतालाइ छुने त के टेडा आँखाले मात्र हेरिस् भने तेरो आँखा निकालेर फाल्दिन्छु । लड्ने भय साम्ने आ । फेसबुकमा नखोक । तिम्रा गर्धन लात्तीले हानेपछि मात्र बुद्दी आउँछ । यो तिमीलाई बुजे सुझाव हो र धम्की पनि । लालसलाम । जनकप्रसाद बर्तौला । बर्तौलाले लेखेको स्ट्याटसमा ३० भन्दा बढी कमेन्ट छन् र सबैमा आङकाजीमाथि प्रहार भएको छ । तीन शेयर भएको छ र दुई ४५ भन्दा बढीले लाइक गरेका छन् । को हुन् जनक बर्तौला ? मकवानपुरका जनक बर्तौला एमाओवादीका मजदुर नेता हुन् । पछिल्लो समय उनी काठमाडौँमा छन् । कुनै बेला उनी होटल हायातका काम गर्थे । एमाओवादी अध्यक्ष प्रचण्डका कार्यकर्ता मानिने उनले २ जेठ ०६८ मा साता एमाओवादीका नेता बाबुराम भट्टराई पेरिसडाँडा परिसरमै ज्यान मार्ने धम्की दिएका थिए । धम्कीपछि एमाओवादीको ७ जेठ ०६८ मा बसेको स्थायी समिति बैठकले उनलाई सबै जिम्मेवारीबाट तीन महिनाका लागि निलम्बन गरेको थियो त्यतिखेर भट्टराईले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई जानकारी गराएका थिए । बर्तौलाले २ जेठमा केन्द्रीय कार्यालय परिसरमै धम्की दिएका थिए । कारबाही गर्नुअघि माओवादीले बर्तौलासँग बयान लिएको थियो । पार्टीभित्र चरम गुटबन्दी भइरहेका बेला आक्रोशमा बर्तौलाले यस्तो प्रतिक्रिया दिएका थिए । एजेन्सी




प्रतिक्रिया दिनुहोस्...