यति एअरको जहाजमा चरा ठोक्कियो


विराटनगर, आषाढ २ । विरानगरबाट काठमाडौंका लागि उड्दै गरेको यति एअरलाइन्सको विमानमा बुधबार दिउँसो चरा ठोक्किएपछि विमानलाई आकस्मिक अवतरण गराइएको छ ।

चालक दलसहित विमानमा सवार सबै २७ जना यात्रु भने सकुशल रहेका छन् । 

काठमाडौंतर्फ उडान भर्दै गरेको विमानले धावनमार्ग छाड्ने बित्तिकै चरा ठोक्किएको थियो । चरा ठोक्किएलगत्तै विमानलाई पुनःअवतरण गराइएको बताइएको छ ।

यात्रुहरुलाई अर्को विमानमा पठाउने तयारी भइरहेको विराटनगर विमानस्थल कार्यालयले जनाइएको छ 





प्रतिक्रिया दिनुहोस्...