दुर्घटनाग्रस्त अमेरिकी सैनिक हेलिकप्टरको चकित तुल्याउने अर्को घटना बाहिर आयो


काठमाडौं, २६ जेठ । दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा थप २ जना व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने विशेषज्ञले दाबी गरेका छन् ।
सिंगटीबाट चढेका ५ घाइतेको डीएनए परीक्षणका क्रममा अन्य शवको अंशसमेत भेटिएको कान्तिपुर दैनिकले छापेको छ ।
हुवे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएलगत्तै ६ अमेरिकी र २ नेपाली सैनिक परेको सार्वजनिक भएको थियो ।
पछिल्लो २ जना चढेको पुष्टि भए हेलिकप्टरमा कम्तीमा १५ यात्रु थिए ।
डीएनए परीक्षण प्रतिवेदनले हेलिकप्टर दुर्घटनापछिको लापरबाही र रहस्य थप्दै गएको छ ।
दुर्घटनामा परी निधन भएका ५ दोलखालीको शव डीएनए परीक्षण गर्दा थप मानव अंश पनि परेको प्रतिवेदन अमेरिकाबाट आएको छ ।
प्रतिवेदनमा ५ जनाको शरीरका अंश पहिचानसहित पठाइएको छ भने बाँकीलाई भने बडी रिमेन्सको ट्याग लगाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




प्रतिक्रिया दिनुहोस्...