कटेरो बनाउन विदेशिएकाहरुले पठाउन थाले पैसा


दोलखा, जेष्ठ २० । विनाशकारी भूकम्पका कारण घर भत्किएपछि पुनर्वासमा लागेका दोलखावासीहरुले रेमिट्यान्सको रकमबाट कटेरो निर्माण गर्न सुरु गरेका छन् ।
रोजगारीका सिलसिलामा विदेशिएका दोलखालीहरुले आफ्नो घर भत्किए पछि कटेरो बनाउन पैसा पठाउन थालेका हुन् ।
बैंक तथा वित्तिय संस्थाहरु खुल्नथालेसँगै रेमिट्यान्सको रकम लिन सदरमुकाम चरिकोट लगायत जिल्लाको मुख्य बजार क्षेत्रमा ठूलो भिड लाग्ने गरेको छ ।
जिल्लामा हाल दैनिक करिब डेढ करोड रेमिट्यान्स भित्रिने गरेको सम्वद्ध व्यवसायीहरु बताउँछन् ।
बैशाख १२ गते तथ २९ गतेको भूकम्पले दोलखाका करिब ५५ हजार घर ध्वस्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...