यी हुन् दुनियाकै ठूलो हिप र नितम्ब भएकी महिला


hip (1)
अहिलेको जमाना स्लिम को छ । अझ महिला र युवतीहरु त स्लिम बन्नका लागि डाइटिङका साथै योगा र व्यायाममा समेत समय खर्चिन्छन् । तर अमेरिकाको लस एन्जल्सकी एक महिलाका लागि भने आफ्नो भिमकाय जिउमा गर्व छ र स्लिम बन्ने कुनै लोभ छैन ।
मिकेल रुफिनेली नामकी यी महिलाको जिउ किर्तिमानी भएकै कारण उनलाई आफ्नो जिउप्रति यतिसारो मोह भएको हो । वास्तवमा उनको हिप र नितम्बको गोलाई ८ फिट छ । यो दुनियाकै सबैभन्दा ठूलो हिप तथा नितम्ब हो ।
५ फिट ४ इन्च अग्ली यी ३९ वर्षीया महिलाको तौल १ सय ९० किलो छ । हालै टिएलसी टेलिभिजनको एक डकुमेन्ट्रीमा प्रस्तुत भएकी मिकेलले आफु पूर्ण रुपमा स्वस्थ रहेको र स्लिम बनेर जिउ घटाउन डाइटिङ गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरिन् ।
hip (2)
आफ्नो हिपको आकार ९९ इन्च रहेको तर कम्मर जम्मा ४० इन्चको रहेको भन्दै उनले आफुले नियमित रुपमा व्यायाम गर्ने र खानपानमा समेत ध्यान दिने गरेको कारणले आफु स्वस्थ रहेको दाबी गरिन् ।
तर उनकी छोरीले भने आमाको त्यो दाबीलाई अस्विकार गर्दै ठूलो जिउका कारण आमालाई दैनिक जिवनमा निकै सकस भैरहेको बताइन् ।
आमा केही बेर उभिनु पर्यो भने निकै सकस हुने दैनिक जिवन जिउनका लागि समेत ठूलै संघर्ष गर्नुपरेको देख्दा आफुलाई दुख लाग्ने गरेको उनकी छोरी डेस्टिनी बताउँछिन् ।
यद्यपि नुहाइधुवाइ लगायतका दैनिक क्रियाकलाप गर्न आफुलाई जिउका कारण निकै अप्ठेरो पर्ने गरेको कुरा मिकेल स्विकार्छिन् ।
उनलाई आफुप्रति केटाहरु आकषिर्त हुने गरेकोमा खुसी लाग्ने रहेछ । केटाहरु दुब्ली केटीप्रति भन्दा आफुजस्ता मोटी केटीहरुप्रति आकषिर्त हुने गरेको उनको अनुभव रहेछ ।
उनका श्रीमान रेग्गी यो कुरामा सहमत छन् । उनले ठट्यौली पारामा भनेका छन्, ‘मैले मानिसहरुलाई सधै भन्ने गरेको छु :  म सँग हेभी उपकरणले काम गर्ने लाइसेन्स छ ।’ डेलीमेलबाट
hip (3)






प्रतिक्रिया दिनुहोस्...