१७९ वर्षीया वृद्ध भन्छन्, ‘मलाई मृत्यूले बिर्सियो कि !’


हामी मध्ये धेरैलाई मृत्यूसँग डर लागिरहन्छ र लामो जीवनको लागि कामना गरिरहेका हुन्छौं ।

तर यहाँ एउटा यस्तो मानिसको कथा छ, जो १७९ वर्षसम्म बाँचेका छन् । महश्त मुरासी त्यस्ता वृद्ध हुन् जसले आफू १८३५ मा जन्मिएको दावी गर्छन् । उनका सबै सरकारी कागजपत्रले उनको दावीलाई पुष्टि गर्दछन् । उनको दावी साँचो हुने हो भने उनी विश्वकै सबैभन्दा जेठो मानिस मात्र होइन, मानव इतिहासमै अहिलेसम्म सबैभन्दा बढी बाँच्ने मानिसको रेकर्ड समेत बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख छ । ‘मेरा हजुरबुवा बितेको धेरै भइसक्यो । तर मलाई कसरी कालले बिर्सिएको होला ?’ उनी बताउँछन् । उनको सरकारी कागजात अनुसार उनी ६ जनवरी १८३५ मा भारतको बंग्लोरमा जन्मिएका थिए । उनी वाराणसीमा १९०३ मा आएका थिए, जहाँ उनले १९५७ सम्म काम गरे । उनी १२२ वर्षमा रिटायर्ड भएका थिए । इन्डिया डट कमका अनुसार, ‘मेरा नातिनातिनाहरु समेत बितेको धेरै भइसक्यो । अब त मलाई कालले सम्झन्छ भन्ने कुरामा पनि आशा मरिसक्यो ।’





प्रतिक्रिया दिनुहोस्...