विषालु फूल खाएर मलेशियामा नेपालीले गरे आत्महत्या


मलेशिया: रोजगारीका सिलसिलामा मलेसिया गएका एक युवकको विषालु फूल खाएर आत्महत्या गरेका छन् । सप्तरी राजविराज नगरपालिका–१० का ५० वर्षीय रामप्रसाद यादवले विषालु फूल खाएर आत्महत्या गरेका हुन् । पारिवारिक तनावले गर्दा आबेसमा आएर विषालु फूल खाएका यादवलाई उपचारका लागि अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले आज जनाएको छ । मलेसियामै सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको पनि मृत्यु भएको छ । मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवको राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनका परिवारले भने छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रह समेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...