वैदेशिक रोजगारीमा गएका महिलाको पीडा


स्वदेशमा अवसर नभएको भन्दै विदेशतिर काम गर्न जानेहरुको सङख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । प्रत्येक बर्ष लाखौ युवा युवती श्रम बजारमा आउँछन् । त्यमध्ये धेरै जसोले विदेशी मुलुक लाई नै गन्तब्य बनाउछन् । हाम्रो देशमा ४० हजार युवाका लागि पनि रोजगार दिन सक्ने अवस्था छैन् । यसो त युवा युवती आफै केही गर्नतिर पनि चासो दिदैनन् । बरु रोजगारी दिन नसकेको भनेर सरकारलाई गालि गदै विदेशतर्फ पलायन हुन्छन् । 



पुरुषको तुलनामा वैदेशिक रोजगारका जाने महिलाको सङख्या कम छ तर जोखिममा पर्नेमा भने महिला बढी छन् । भारतको बाटो भएर रोजगारका लागि अन्य मुलुक जानेहरु अझ धेरै जोखिममा परिरहेका छन् । दलालले थोरै रकममा विदेश पठाउने लोभ देखाउंछन् । भने प्रलोभनमा परेर धेरै महिला ठगिने र अलपत्र समेत पर्ने गरेका छन् । कयौ दलालले महिलामाथि शोषण गर्ने, प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण गरेका छन् काममा लगाईदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् । कतिपय महिला जो घरेलु कामदारका रुपमा गएका हुन्छन् । उनीहरु वैदेशिक रोजगारमा जाने महिलाहरु मध्ये ७० प्रतिशत भन्दा बढी समस्या कुनै पनि रेकर्ड नभएका कामदारको देखिएको छ । 

जसमा भारत हुँदै लुकेर जानेहरु पर्दछन् । महिला श्रमिकको कुरा गर्ने हो भने जसमा घरमा काम गरिरहेका छन् । उनीहरुबाटै शोषित भएका छन् । कतिपय नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल फर्कदा अनिच्छित बच्चा समेत लिएर आउन बाध्य छन् । जसले गर्दा महिला लाई रोजगारमा कठिन भएको छ । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने, वैदेशिक रोजगारबाट फर्केपछि एकले अर्कोलाई नस्वीकार्ने जस्ता घटना दिनप्रति दिन बढिरहेका छन् । त्यस्तै हतारमा सीप नभई जानेहरु बढी जोखिममा पर्ने गरेका छन् । उनीहरुले विदेशमा विभिन्न चुनौती खेल्नु परेको छ । हतार गरेर सीप नसिक्किन जस्तो काम पनि गर्न सकिन्छ । भन्ने आशाले विदेश पलायन हुन्छन् । तर उनीहरु त्यहाँ जोखिममा परेका हुन्छन् । उनीहरु रोजगारमा सुरक्षित हुँदैनन् । 

आफ्नो गन्तव्य सुरक्षित नहुँदा नहुदै पनि स्वदेशमा अवसर कम र आर्थिक रुपमा कमाइ गर्न सक्ने भन्दै विदेश जानेको सङख्या दिनप्रतिदिन बढ्दो छ । २१ औ शताब्दीमा डुबुल्की मारेको संसारबाट नेपाल अझै पछाडि हुँदा आर्थिक रुपमा समुन्नत हुन सकेको छैन् । पर्यात्त साधन स्रोत र सम्भावना हुँदा हुँदै पनि आत्मनिर्भर बन्न नसकेका कारण रोजगारको पर्याप्तता बनेको छैन् । बेरोजगारीले आक्रान्त समाजमा गरिबीले रेखा काट्न मुस्किल परिरहेको कठोर अवस्थामा नेपाली नारीहरु विभिन्न ढङगले पीडाको संघारमा पिसिँदै आएका छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक लैगिक लगायत राजनीतिकरुपले पिल्स्याई एकातिर हुँदाहुँदै आर्थिक पीडाको चपेटाले उक्कन पाएका छैन् । यसले रिजल्ट कयौ नेपाली महिलाहरु गाडी मुलुकका घरेलु कामदारका रुपमा जस्तोसुकै काम र बेहोराई खटिरहनु परेको छ । तर हाम्रो देश नेपालले आफ्नो देशका चेलीले खेप्नु परेको पीडा वेवास्था छ । 

यसर्थ राज्यले नारीप्रति खासै सम्मान दिन र व्यवस्था मिलाउन सकेको छैन् । जतिसुकै राजनीतिक परिवर्तन वा लोकतान्त्रिक गुठ्ठी हांकिए पनि नेपाली चेलीले विदेशमा रहँदाको पीडा उही छ । सधैको राजनीतिक लडाइ, कलह, बन्द, हडताल अस्थिरताले रोजगारको आवश्यक पुर्वाधार तयार पार्न नसकेको यी कारणले नेपालबाट दिनहुँ अत्याधिक सङख्यामा चेलीहरु विदेशीनु परिरहेको छ । विदेशीने स्लिसिलामा खास गरी दुई ढंगको परिस्थितिमा गएको भेटिन्छ । एउटा सम्पन्न वा वर्गका महिला विकसित मुलुकमा अध्ययन लगायत बाहिरी काममा गएका छन् । भने अर्कोतर्फ विपन्न परिवार तथा वर्गका गरिब, अशिक्षित महिला विशेषत ंखाडी मुलुकमा पुग्नु परेको छ । दुबई, कतार, ओमान, साउदी अरब, कुवेत, बहराइन, इराक आदि जाने मध्ये प्राय गरेर नोकरका रुपमा सीमित भएका छन् । भने चाहे विकसित देशमा पुगोस चाहे अविकसित खाडी मुलुकमा महिलालाई अनेक प्रकारका चुनौती भोग्नु परेको छ । 

शारीरिक, मानसिक अनेकौ प्रकारका पीडा झेल्नु परेको छ । जुन घरको भिसामा गएका चेलीहरु युवतीदेखि अधवैसेले कष्ठपुर्ण जीवन गुजार्नु परेको हुन्छ । एकाध घरपरिवारका घर मालिक सन्जा होलान् । तर अन्यथा प्राय मालिक बद्नियतका र नारीप्रति कुदृष्टि लगाउने खालका हुनाले नेपाली नारी अस्मितामा खतराको स्थिति सृजना भएको छ । घरेलु भिसालाई कतिपयले त यौन शोषणको लाइसेन्स बनाएका छन् । आप्ःनो र घरमा भएका उमेर पुगेका पुरुषहरुलाई यौन तृष्ण मेटाउन स्रोत ठान्ने मात्र होइन् । पाहुना पुरुषलाई समेत स्वागतका साथ प्रयोग गर्ने गर्दछन् । त्यसैले एक्लै भेटेमा वा कतै जान गाडी चढेमा एकान्तमा लगेर सामुहिक बलात्कार समेत गरेर छाड्ने गर्दछन् । 

एकातिर नारी अस्मिता वा संतित्व जोखिममा पर्छ । भने अर्कोतिर ज्यान नै खतरामा परेको छ । त्यसैले वैदेशिक रोजगारमा विशेष गरी घरेलु कामदारका रुपमा जाने महिला अनेकौ समस्याबाट पीडित छन् । त्यसैले महिला कामदारलाई सुरक्षित रोजगारको तालिमपछि मात्र विदेश जाने अवस्था मिलाउनु आवश्यक छ । रोजगारमा जाने महिलाले पनि कानुनी प्रकृया पु¥याएर जानु आवश्यक छ । केही प्रक्रिया पु¥याएपछि जोखिमबाट बच्न सकिन्छ । यसतर्फ चनाखो हुनु हरेक नेपाली महिला अति आवश्यक छ । रोजगारका लागि जाने महिलालाई उनीहरु जाने देशको भाषा, संस्कृति, कानुन अधिकारबारे पर्याप्त जानकारी नहुँदा जोखिममा पर्ने सम्भावना बढेको छ । 

नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरु अधिकांशले खाडी मुलुकलाई गन्तव्य बनाउन बाध्य भएका छन् । यसरी विदेश जानेहरुमा पनि आर्थिक, सामाजिक, घरपरिवारबाट दबाइएका वा आर्थिक हिसाबले पछाडि पारिएका महिलाहरु घरेलु कामदारमा बढी रहने गर्दछन् । अधिकांशले विदेश भन्न साथ ठूलो अपेक्षा गर्ने गर्दछन् । र पछि समस्या पर्दा अत्तालिएर आत्महत्या समेत गरेका घटना पनि छन् । त्यसैले अनिवार्य रुपमा अभिमुखीकरण तालिम भनिएता पनि त्यसलाई प्रभावकारी बनाउन नसक्दा लुकीछिपी भारतको बाटो भएर रोजगारमा जाने हुदा यसले झनै जोखिम बढाएको छ । 

आफू विदेश जानु भन्दा पहिले कुन ठाउँ जाने हो त्यहाँ गएर के काम गर्ने हो सीप सिकेको कामको विवरण तलब बारे वुझनु अति आवश्यक छ । वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ । सगरमाथाको देश, गौतम बुद्धको देश, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपुर्ण जलस्रोतको पनि दोस्रो देश भनेर चिनिने नेपाली चेलीहरुको अस्तिव्वलाई यस्तो चुनौती ? सीता जस्तो अस्तित्व र संतिव्वलाई कति पनि डगमगाउन नदिएकी महान् नारीको देश नेपालका हामी चेली कष्ठपुर्ण जीवन भोगाई चुनौतीको सामाना गर्नुपर्ने यसमा यो राज्यको गम्भीर ध्यान जाने की नजाने ? सम्पुर्ण नेपाली चेलीको पीडा सिंगो नेपालकै पीडा हो त्यसैले नेपालकै पीडा स्वरुप विदेशिएका चेलीहरुले सामना गर्नु परिरहेको चुनौतीप्रति सरकार लुप्त रहनु कति सम्मको नाजायज काम हो गम्भीर प्रश्न ?





प्रतिक्रिया दिनुहोस्...