बिषालु झार पार्थेनियम नेपालमा भाइरस बन्दै


बर्दिया, जेष्ठ २८ । मध्य तथा दक्षिण अमेरिकाबाट नेपालमा भित्रिएको बिषालु झार पार्थेनियम बर्दियामा भाइरसको रुपमा फैलिए पछि चेतनामूलक कार्यक्रम शुरु गरिएको छ ।
कृष्णसार संरक्षण क्षेत्र वरपर वसोवास गर्ने समुदायहरुलाई झारका सम्वन्धमा सचेतना तथा नियन्त्रण र निर्मलिकरणका लागि पहल शुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जलेजनाएको छ ।
गाउँ घरको खाली जमिनमा प्रशस्त पाइने यो मिचाहा प्रजातीको झार कुनै पनि मानविय काममा प्रयोग हुँदैन ।
तर पनि चेतना अभावका कारण बर्दियाका गाउँघरमा पशुहरुको आहाराका रुपमा पार्थेनियम प्रयोग गर्ने गरेको पाइन्छ ।
यो झारको संसर्गमा रहने मानिसलाई श्वास प्रश्वास लगायतका अनेक समस्या हुने गरेको छ ।
नेपालमा विक्रम संवत २०२४ सालमा नुवाकोटको त्रिसुलीमा पहिलो पटक देखिएको यो झार हाल ५४ जिल्लाहरुमा फैलिसकेको कृष्णसार संरक्षण कार्यालय बर्दियाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...