उपत्यकामै दाइजोको कारण महिलाको मृत्यु


भक्तपुर, २ असार –

चागुँनारायण नगरपालिका ५ झौखेलकी एक महिलाको रहस्यमय मृत्यु भएको छ । काभ्रे जिल्ला बनेपा नगरपालिकास्थित नयाँ बस्ती माइती भएकी २६ वर्षीय सविना (काफ्ले) न्यौपानेको मृत्यु भएको हो आइतबार राति उनले विष सेवन गरेको भन्दै परिवारले नजिकै रहेको काठमाडौ मेडिकल कलेज दधिकोट लगेका थिए भने त्यही उनको मृत्यु भएको थियो । तर परिवारले त्यतिबेला माईतीपक्षलाई नगरी भोलिपल्टमात्रै खबर गरेको थियो । भोलिपल्टमात्रै परिवारका एक सदस्यले मृतकको अन्तिम अवस्था भएको भन्दै फोन गरेपछि आफुहरु सोमबार विहानै अस्पताल पुगेको दाजु राधेश्याम काफ्ले बताए । तर, घाइते अवस्थामा अस्पताल लैजादा गाउँतिर भने उनीहरुले सर्पले टोकेर अस्पताल लान लागेको बताएकाले बहिनीको मृत्यु रहस्यमय भएको राधेश्यामले बताए । माईती पक्षले परिवारले सँधै दाईजोको माग्दै छोरीलाई तनाव दिने गरेको र सोहि सहन नसकेको छोरीले अकालमा ज्यान गुमाउनु परेको बताएको छ । माइती पक्षले छोरीलाई दाइजोको रुपमा घरपक्षले जमिन माग्ने गरेको र श्रीमान सुरेश न्यौपाने, सुसुरा शिव प्रसाद न्यौपाले, सासु, आमाजु संगिता खतिवडा, र आमाजुको श्रीमान रंजित खतिवडाले दैनिक मानसिक तनाब दिएर छोरी मर्न बाध्य भएको दाबी गरेका हुन् । मृतक सबिनाको साथबाट बिवाहको सुरु दिनदेखि जिवनको अन्तिम समय सम्मको भोगाई समेटिएको १७ पेज लामो सुसाइट नोट फेला परेको छ । संचारकर्मीलाई उपलब्ध गराइएको सुसाइट नोटमा उनले बारम्बार, श्रीमान, सुसुरा, सासु, आमाजु, र आमाजुको श्रीमानले दाईजाको निहुँमा दैनिक मानसिक तनाब दिएर आफु मर्न बाध्यभएको लेखेकी छिन् । उनले बिवाह गरेको दुइ महिना पछि नै श्रीमान कुलतमा फसेको आफूले थाहा पाएको तर दाजुहरुले दिएको केटालाई श्रीमान मानेर बस्छु भन्दा विहेको ४ वर्ष निकै मानसिक तथा शारीरिक कष्ठ भोगेको समेत उल्लेख गरेकी छिन् । घटनाको दोषीलाई कारबाहीको माग गर्दै मङगबार दिनभर मृतकका आफन्त माइती पक्ष, राजनितिकदलका महिलाहरु र महिला अधिकारकर्मी लगायतका समुहले दिनभर महानगरीय प्रहरी परीसर भक्तपुरमा धर्ना दिएका छन् । उनीहरुले श्रीमान, सुसुरा, सासु, आमाजु, र आमाजुको श्रीमानको उक्त घटनामा संग्लता भएको भन्दै किटानी जाहेर समेत दिएका छन् । प्रहरीले भने पोष्टमार्डमको रिर्पोट आउन बाँकी रहेको घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्...