स्टार खेलाडी चम्किएपछि बार्सिलोनालाई पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि(फोटोफिचर)


काठमाडौं, जेष्ठ २४ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लव बार्सिलोनाले जितेको छ ।
यस सिजनको इटालीयन सिरी ए च्याम्पियन युभेन्टसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
जर्मनीको बर्लीनमा गएरातीभएको फाइनल खेलमा बार्सिलोनालाई विजयी गराउन ईभाँ राकिटीच, लुईस सुवारेज र नेईमारले एक एक गोल गरे ।
युभेन्टसको लागि अल्भारो मोराटाले एक गोल फर्काएका हुन् । बार्सिलोनाको यो उपाधि पछिल्लो ६ वर्षमा तेस्रो च्याम्पियन्स लिगको उपाधि हो ।
यो सिजन स्पेनिस ला लिगा र कोपा डेल रे को उपाधि जितिसकेको लुईस एन्रीकेको टोलीका लागि यो उपाधि वर्षको तेस्रो उपाधि हो ।
उता इटालियन लिग र कपको उपाधि जितेको युभेन्टस भने वर्षको तेस्रो उपाधि जित्न असफल रह्यो ।
गएरातीको हारसँगै युभेन्टस च्याम्पियन्स लिगको फाइनलम सर्वाधिक ६ पटक पराजित हुने टोली बनेको छ ।
८ पटक फाईनलमा पुगेको युभेन्टसले दुई पटक उपाधि उचालेको छ । उता समान ८ पटक नैं फाईनलमा पुगेको बार्सिलोना भने ५ पटक विजयी बनेको छ ।







प्रतिक्रिया दिनुहोस्...