ताप्लेजुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४१ पुग्यो
ताप्लेजुङ, जेष्ठ २८ । ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँंहरुमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
मृतकहरु लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देवेन्द्र लिवाङ, खोक्लिङका सविन मादेन र बसन्त विकको मात्र सनाखत भएको छ ।
मृत्यु भएकाहरुमध्ये लिबाङ–१ बाट १२जनाको शव, लिबाङ–२ बाट ८ जनाको शव, लिवाङ–३ बाट ४ जनाको शव, लिङकेतबाट ३ जनाको शव, थिङलावुबाट ५ जनाको शव, खोक्लिङबाट ७ जनाको शव र सान्थाक्राबाट दुईजनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसका सबै वडामा एकैचोटी भीषण पहिरो जाँंदा उनीहरुको मृत्यु भएको हो । ती गाउँहरुमा अझै केही स्थानीय सम्पर्कमा नआएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।
पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांँडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।
वर्षा भइरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उद्धारका लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन । प्रहरी र स्थानीयबासिन्दा प्रभावित ठाउँमा उद्धारमा खटिएका छन् ।
उता, बुधबार राति ताप्लेजुङको म्याङखामा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ ।