त्यस्ता अचम्मका कुरा जसले पुरुषलाई महिलातर्फ आकर्षित गराउँछ .


पुरुषहरुलाई महिलाको कस्ता बानीहरु राम्रो लाग्छन् भन्ने कुराको जानकारी तपाईंमध्ये धेरैलाई थाहा होला तर तपाईंलाई थाहा भएमध्ये पनि महिलाहरुका त्यस्ता अचम्मका व्यवहारहरु छन् जुन पुरुषलाई राम्रो लाग्छ ।
यहाँ दिइएका बुँदाहरु थुप्रै पुरुषहरुसँगको कुराकानी र अनुसन्धानको आधारमा तयार गरिएको हो ।

१. मेकअप बिनाकी आफ्नी महिलाः मेकअप गरेकी आफ्नी महिलालाई निकै आकर्षक देखिएको छ भन्न पछि नपर्ने पुरुषहरुलाई आफ्नी महिला बिना मेकअप, राम्रो लुगा नलगाएको र कपाल पनि राम्रोसँग नकोरेको हेर्न रुचाउँछन् । थुप्रै पुरुषहरुले आफ्नी महिलाको यस्तो स्वरुप हेर्न पाउँदा उनीहरुलाई अझ राम्रोसँग बुझ्न सजिलो हुने बताउँछन् । उनीहरु आफ्नी महिलालाई राम्रो पहिरन र मेकअप बिना नै हेर्न रुचाउँछन् ।

२. उनको लवजः धेरैजसो अवस्थामा महिलाहरु आफ्नो लवजका कारण लज्जित हुने गरेको बताउँछन् । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यो विषयमा निकै राम्रो निष्कर्ष निस्किएको छ । धेरैजसो पुरुषहरुलाई आफ्नी महिलाको लवज निकै राम्रो लाग्ने बताइएको छ । यदि तपाईंको लवज विकट गाउँको जस्तो छ र अरुभन्दा भिन्न छ भने पनि तपाईंको यहि लवज तपाईंको प्रेमीलाई राम्रो लाग्ने गर्दछ । तपाईंको बोल्ने शैली जस्तो भएपनि त्यो राम्रो छ, त्यसकारण त्यसलाई आत्मसाथ गर्नुहोस् ।

३. उनलाई डराएको देख्नुः पुरुषहरुलाई महिलाको राम्रो लाग्ने अर्को अचम्मको बानी उनको डर हो । सुरुमा यो निष्कर्ष पढ्दा मलाई अचम्म लागेको थियो । के एक पुरुष आफ्नी महिलालाई डराएको हेर्न रुचाउँछ ? यो प्रश्न सबैको मनमा उब्जिन सक्छ । यसको उत्तर यहाँ दिइएको छ । पुरुषहरुले आफ्नी महिलालाई निकै नै आत्तिएको नभई थोरै डराएको हेर्न रुचाउँछन् । यसो किनभने, जब पुरुषहरुले आफ्नी महिला डराएको देख्छन् तब उनीहरुले उनलाई सजिलो महसुस गराउने मौका पाउँछन् र आफूलाई सच्चा पुरुष भएको साबित गर्ने मौका पाउँछन् ।

४. स्ट्रेच मार्कः छोराछोरीलाई जन्म दिइसकेपछि आफ्नो शरिरमा स्ट्रेच मार्क बसेको कुरामा चिन्ता नलिनुहोस् । सबै महिलालाई आफ्नो स्ट्रेच मार्क पक्कै मनपर्दैन तर तपाईंका पार्टनर वा श्रीमानलाई तपाईंलाई यहि मननपर्ने स्ट्रेच मार्क मनपर्छ । तपाईंको पुरुषलाई तपाईंमा भएको स्ट्रेच मार्कले उनको सन्तान तपाईंले कुनै बेला बोक्नुभएको थियो भन्ने कुरा आभाष गराउँछ । विश्वास गर्नुहोस्, तपाईंको स्ट्रेच मार्क तपाईंको पुरुषलाई निकै मनपर्छ ।

५. चस्माः पुरुषहरुले आफ्नी महिलाले चस्मा लगाएको हेर्न रुचाउँछन् । थुप्रै पुरुषहरुले आफ्नी महिलाले चस्मा लगाएको हेर्न रुचाउने बताएका छन् । यदि तपाईंको पुरुषले तपाईंलाई चस्मामा हेर्न रुचाउँछन् भने किन कन्ट्याक्ट लेन्स लगाउने ? यो महिलाहरुका लागि खुशीको खबर हुनसक्छ ।

६. मेकअप लगाइरहेको हेर्नः के तपाईंलाई थाहा छ ? तपाईंको पुरुषले तपाईंले मेकअप गरिरहेको हेर्न रुचाउँछन् । मेकअप गर्दा तपाईंले अपनाउने तरिकालाई देखेर उनीहरु दङ्ग हुने गर्दछन् । प्रत्येक महिलाको मेकअप गर्ने विभिन्न तरिकाले पनि पुरुषहरुलाई अचम्मित बनाएको हुन्छ । त्यसकारण महिला मित्रहरु, अर्कोपटक आफ्नो मेकअप चेक गर्दा पुरुष अगाडि भएकोमा अप्ठेरो नमान्नुहोस् ।

७. उनको रुमाल बेरिएको टाउकोः सबैभन्दा अचम्मको कुरा के छ भने पुरुषहरुलाई आफ्नी महिलाले नुहाइसकेपछि टाउकोमा बेरिएपछिको उनको अनुहार हेर्न राम्रो लाग्छ । कपाल चिसो र लामो छ र टाउकोमा रुमाल बेरिएको छ भने यो अवस्थाकी आफ्नी महिलालाई उनीहरु हेर्न रुचाउँछन् । यो निकै अचम्म छ र यसको विषयमा तपाईंले आफ्नो प्रेमीसँग कुरा पनि गर्न सक्नुहुन्छ ।

८. उनले व्यायाम गरेकोः महिलाहरुले व्यायाम गरिरहेको हेर्न पुरुषहरुलाई मनपर्छ । थाकेको अनुहार र पसिनाले पुरुषहरुलाई तुरुन्त आकर्षित गरिहाल्छ । सम्भवतः तपाईंलाई आफ्नो यो अवस्था मननपर्ला तर तपाईंको पुरुषले भने यो अवस्थालाई छुटाउन चाहदैनन् । त्यसकारण आफ्नो पार्टनरको अगाडि व्यायाम गर्न नहिच्किचाउनुहोस् । सबैभन्दा राम्रो तरिका – सँगै व्यायाम गर्नुहोस् ।

९. आफ्नो सर्टमाः अर्को अचम्मको कुरा के छ भने पुरुषहरुलाई आफ्नी महिला उनीहरुको सबैभन्दा मनपर्ने सर्टमा देखिएको हेर्न रुचाउँछन् । आफ्नी महिलालाई ठूलो भएको सर्ट पुरुषहरुलाई डिजाइनर लुक जस्तो लाग्छ । Source: Ratopati 




प्रतिक्रिया दिनुहोस्...