अनुहार पहिचान गरेर मात्रै अनुमती दिने एटिएम कार्ड आउँदै (भिडियो सहित)
मिडिया एनपी, काठमाडौं, १९ जेठ । यस्तो एटीएम (अटोमेटेड टेलर मेशिन) आएको छ जसले पहिला सम्बन्धित व्यक्तिको अनुहार पहिचान गरेर मात्रै कार्डधारी व्यक्तिलाई प्रयोग गर्न अनुमती दिनेछ ।
यो एटीएम चीनको शोधकर्ताहरुले तयार पारेका हुन् । यो एटीएमको प्रयोगले गलत व्यक्तिले प्रयोग गर्न सक्ने सम्भावनालाई कम गर्ने अपेक्षा गरिएको छ । सो एटीएम सिन्हुवा युनिभर्सिटी र जेकवान टेक्नोलोजिकजको टिमले मिलेर संयुक्त रुपमा तयार पारिएको डेलीमेलले जनाएको छ ।
चिनियाँ समाचार संस्थाहरुको अनुसार यो एटीएम कार्ड चाँडै नै बजारमा आउनेवाला छ । तर अहिले यो स्पष्ट पारिएको छैन की, अनुहार सम्बन्धि आंकडा सो एटीएमको अपरेटिङ सिस्टमा कसरी लिनेछ । यद्यपी यो एटीएमले यो सुनिश्चित गरेको छ की सिर्फ वास्तविक कार्ड होल्डर्सले मात्रै पैसा निकाल्न सक्नेछन् ।