टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा


फोटो :फाइल फोटो
सिद्धान्त लोहनीले अवसर पाए
काठमाडौं : आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ती निकालेर आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने ज्ञछ जना खेलाडीहरुको टुंगो लगाएको जानकारी दिएको छ ।

क्यानका अनुसार जुलाई ३ देखि २६ सम्म हुने छनोट खेलका लागि चारजना वैकल्पिक खेलाडी पनि छानिएको छ ।

छनौट गरिएका खेलाडीहरुमा पारस खड्का, शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करन केसी, सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, सागर पुन र विनोद भण्डारी रहेका छन ्।

त्यसैगरी राजेश पुलामी मगर, प्रदीप ऐरी, जीतेन्द्रकुमार मुखिया र अनिल मण्डल पनि टिममा परेका छन् । टिमका नयाँ अनुहारका रुपमा सिद्धान्त लोहनीले प्रवेश गरेका छन् ।

बैकल्पिक खेलाडी
टिममा बैकल्पिक खेलाडीका रुपमा पृथु बास्कोटा, महबुब आलम, भुवन कार्की र अभिनास कर्णलाई राखिएको छ ।

बलिङ कोचमा विनोद दास
केही महिनाअघिमात्र अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका विनोद दासलाई क्यानले बलिङ कोचाको जिम्मोवारी दिएको छ ।

अस्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको सम्झनामा भएको मैत्रीपूर्ण खेलमा सन्यास घोषणा गरेका दासलाई क्यानले नयाँ जिम्मेवारी सुम्पेको हो । त्सैगरी टिमको व्याटिङ कोच भारतका मोन्टी देसाई रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्...