नायिका आरतीको उपचारका क्रममा निधन


एजेन्सी । भारतीय चर्चित नायिका आरती अग्रवालको उपचारका क्रममा निधन भएको छ । तेलंगु नायिका आरतीको ३१ वर्षको उमेरमा अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।छातीमा सामान्य समस्या देखिएपछि अमेरिकाको न्युजर्सी अस्पतालमा भर्ना गरिएको थियो ।प्रेम सम्बन्धका कारण विवादमा आएपछि उनले केही वर्ष अघि आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।कलाकार तरुयासँगको प्रमका कारण विवाद र तनावमा परेकी उनी मनोपरामर्शका थिइन् । अमेरिकामै जन्मेकी आरतीले सन् २००१ मा फिल्म खेल्न थालेकी थिइन् ।‘नुब्बु नाचु नचव’ उनको पहिलो चलचित्र हो भने यो फिल्म सफल फिल्ममा गनिन्छ । उनले करिव दुई दर्जन फिल्ममा नायिकाको भुमिका निभाएकी छिन् ।उनको अन्तिम फिल्म रनम–२ शुक्रबारबाट मात्रै प्रदर्शन सुरु भएको छ ।





प्रतिक्रिया दिनुहोस्...