टेलिकमको सिम बोक्नेलाई महत्वपूर्ण सूचना
नेपाल टेलिकमले रिचार्ज गर्ने नयाँ तरिका ल्याएको छ। पछिल्लो समय निकालेको रिचार्ज कार्डबाट उसले नयाँ तरिका ल्याएको हो।
*४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। पहिले *४११* पिन नम्बर # गर्नुपर्ने थियो ।
त्यस्तै पोस्टपेड मोबाइलमा भने *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने छ। त्यस्तै १४१५ डायल गरेर पनि सो रिचार्ज गर्न सकिने छ। अब एउटै रिचार्ज कार्डबाट GSM तथा CDMA मोबाइलमा रिचार्ज गर्न सकिने भएको छ।