बेलायती महारानीको मृत्युको खबरले सनसनी


फोटो :एजेन्सी
झुटो खबर फैल्याउने पत्रकारमाथि छानबिन
एजेन्सी : बीबीसीकी एक महिला पत्रकारले ट्विटरमा बेलायती महारानीको निधनको घोषणा गरेपछि त्यसले विश्वभर सनसनी मच्चाएको छ ।

महारानीको मृत्युको खबर फैल्याउनुअघि ती पत्रकारले महारानीको निधनको खबर प्रसारणको रिहर्सलमा भाग लिएकी थिइन । महारानीको मृत्युको खबरको रिहर्सललार्इ सत्य मान्दै बीबीसीकी पत्रकार अहमन ख्वाजाले ट्विट नै गर्न भ्याइन् । ' उनले ट्विट गरिन् ।

जुन ३ मा गरिएको उनको एक ट्विटले सनसनी भएपछि बेलायत सरकारले खण्डन नै गर्नुपर्‍यो । यो घटनापछि प्राप्त खबर अनु
 
सार अहमन ख्वाजाविरुद्ध  अनुशासनात्मक जाँच थालिएको छ । बीबीसीका एक प्रवक्ताले यो जाँच बीबीसीको अनुशासनात्मक प्रक्रियाको एउटा हिस्सा भएको प्रतिक्रिया दिएका छन् ।
 
 झुटो खबर फैल्याएको भन्दै बीबीसीको तीब्र आलोचना भयो । अन्त्यमा बीबीसले माफी नै माग्नुपर्‍यो ।

यो ट्विट महारानीको निधन भएमा समाचार संकलन गर्नका लागि गरिएको पूर्वाभ्यासका क्रममा गरिएको हो । समाचार अनुसार अहमन ख्वाजाले यो खबरलार्इ सत्य मानी ट्वीट गरिदिइन् । उनले यो घटनालार्इब्रेकिङ न्युजका रुपमा ट्विट गरेकी थिइन् ।

३१ वर्षीय ख्वाजाले ट्विटरमा यस्तो लेखेकी थिइन्, 'ब्रेकिङ : महारानी एलिजाबेथको किङ एड्वर्ड सप्तम अस्पतालमा उपचार भइरहेको छ । यसको विस्तृत समाचार बीबीसी वर्ल्डमा प्रसारण गरिने छ ।'
 
उनले ट्विट गरेका बेला संयोगवश महारानी त्यही अस्पतालमा आफ्नो वार्षिक स्वास्थ्य जाँचका लागि भर्ना भएकी थिइन् । समाचार अनुसार ख्वाजालार्इ महारानी सोही अस्पातलमा भर्ना भएको खबर भने थाहा थिएन ।

 ख्वाजाको ट्वीटपछि उनका फलोअर्सले त्यसलार्इ साँच्चिकै समाचार ठानेर कयौं ट्विट र रिट्विट गरे  । तर जब उनलार्इ आफ्नो गल्तीको महसुस भयो तब उनले त्यो ट्विट हटाइन् ।

ख्वाजाले महारानीको निधनको खबरसम्बन्धी ट्विट हटार्इ अर्को ट्विट गरिन् । 'झूठो खबर थियो, मैले पुरानो ट्विट हटाइदिएकी छु ।'

उनले ट्विटमा माफी माग्दै मानिसलार्इ दु:ख पुर्‍याएकोमा माफी मागेकी छन् । ख्वाजाले ट्विट गरेर भाइरल भएपछि महारानीको निधन नभएको भन्दै बकिङ्घम प्यालेसले विज्ञप्ती नै निकाल्न बाध्य हुनुपर्‍यो ।

यसपछि बीबीसले पनि ट्वीट गर्दै महारानी निधन भएपछि गरिने रिपोर्टिङको पूर्वाभ्यासलार्इ पत्रकारले भुलवश ट्वीट गरेको स्पष्टिकरण दिएको छ ।

शाही परिवारका सदस्यको निधन भएको खबरसहितको ट्वीट हटाइएको जनाउँदै बीबीसीले यो अपराधका लागि माफी समेत मागेको छ ।

False Alarm: Have deleted previous tweets!!






प्रतिक्रिया दिनुहोस्...