दोलखामा अझै १९ जना बेपत्ता, दुईको सनाखत हुन सकेन


दोलखा, जेष्ठ २१ । दोलखामा गत वैशाख २९ गते गएको शक्तिशाली भूकम्पमा परी हराएका १९ जनाको अवस्था अभैm पत्ता लाग्न सकेको छैन भने दुईओटा शवको सनाखत हुन सकेको छैन । सिंगटीबाट उत्खनन् गरिएका दुईओटा शवको सनाखत हुन नसकेको हो । भोर्ले, सोरुङखोला, झोरुङखोला आसपासका पहिरो र सिंगटी बसपार्कको पहिरोमा उनीहरु बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

/> सिंगटी आसपासको पहिरो पन्छाउन नसक्दा सो ठाउँमा कति पुरिएका छन् भन्ने थाहा हुन सकेको छैन । अहिले पनि पहिरो खस्नेक्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बर्दबहादुर गणका गणपति विश्वासबिक्रम शाहले जानकारी दिए । पहिरोे पन्छाउन सरकारलाई आधुनिक प्रविधि र केही डोजरहरु आवश्यक परेको भन्दै लिखित तथा मौखिक जानकारी गराएपनि सुनुवाइ नभएको जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...