नयाँ सरकार बनाउने कुरा रेखा थापालाई विझायो, अमेरिकाबाटै असन्तुष्टि


१८ जेठ, काठमाडौं ।
कुनै बेला एमाओवादीबाट सभाषद बन्न खोजेर चर्चामा आएकी नेपाली चर्चित अभिनेत्री रेखा थापाले दलहरुको सरकार फेर्ने कुराप्रति असहमति जनाएकी छिन् । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकारका लागि जोड दिइरहेको समयमा रेखाले भने यो कुरामा आपत्ती जनाएकी हुन् ।
rekha thapa tika lagaudai with prachanda
उनले नेपालमा नयाँ सरकार चाहिएपनि पुराना अनुहारबाट नयाँ कुरा नहुने भन्दै आपत्ती जनाएकी हुन् । हाल अमेरिकामा रहेकी रेखाले फेसबुकबाटै सरकार बनाउने खेलप्रति असहमति जनाएकी हुन् ।
उनले प्रश्न गरेकी छिन्ः आज फेरी राष्ट्रिय सरकार, नेतृत्व परिर्वतन अनि पद परिबर्तनका कुरा गरेर तिनै निर्दोस जनताहरु को भाबना माथि कति खेल्ने ? त्यो बिगतका वर्ष देखि तिनै अनुहारहरु दोहोरिदै छन्, जो पहिले नै असफल साबित भैसकेका छन् ।
पछिल्लो समयमा रेखा आवद्ध एमाओवादीका नेता प्रचण्ड र बाबुरामले राष्ट्रिय  सहमतिको सरकारमा जोड दिइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका प्रचण्ड र बाबुरामले गरिरहेको प्रस्तावप्रति  रेखाले प्रश्न गरेकी छिन्ः
हो, अहिले नयाँ सरकार आबश्यकता छ तर पुरानै अनुहारको प्रतिस्पर्दा को के फाईदा ? के युवा नेता अनि नया अनुहार को विचारवान प्रधानमन्त्री हामी नेपाली जनताले अब देख्न नपाउने नै हो त ?





प्रतिक्रिया दिनुहोस्...