शान्ती सेनामा सामानको बदला सेक्स
राष्ट्रसंघीय शान्ती सेनाहरु विश्वका विभिन्न द्वन्दग्रस्त देशहरुमा शान्ति स्थापना कार्यमा खटिइरहेका छन् । कतिपय स्थानमा शान्ति सेनाका विभिन्न क्रियाकलापको आलोचना समेत हुने गरेको छ । पछिल्लो एक रिपोर्टले शान्ति सेनाप्रति गम्भीर आरोप लगाएको छ । रिपोर्ट अनुसार राष्ट्रसंघीय शान्ति सेनाले नियमित रुपमा मानिसहरुले यौन सम्पर्कका लागि बाध्य पार्ने गरेका छन् ।
जसको सहयोगका लागि शान्ति सेना खटिएका हुन्छन् उनै पीडितहरुलाई शान्ति सेनाले बलात्कार गर्ने र यौन सम्पर्क गर्न दिएबापत पीडित महिलालाई सानातिना उपयोगी सामान वा पैसा दिने गरेको खुलासा भएको छ ।
रोयटर्सले फेला पारेको रिपोर्ट अनुसार अफ्रिकी देश हैटी र लाइबेरियामा शान्ति सेनाले यस्तो कर्तुत गरेको पाइएको छ ।
भोक र गरिबीबाट पीडित ती देशका महिलाहरु बाँच्नकै लागि आवश्यक सरसामान तथा पैसा पाउने आशामा शान्ति सेनासँग शारीरिक सम्बन्ध राख्न बाध्य हुने गरेका रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार गरीब महिलाहरुलाई नगद, कपडा, गरगहना तथा मोबाइल फोन लगायतका सामानहरु दिएर शान्तिसेनाका जवानहरुले यौन सम्पर्क गर्ने गरेका छन् ।
सन् २००८ देखि २०१३ को बीचमा ४ सय ८० वटा यस्ता घटना पाइएका छन् । शान्ती सेनाको शारीरिक शोषणमा पर्नेमध्ये एक तिहाइ बालिकाहरु रहेको पाइएको छ । बीबीसी