सभासद् शान्ता चौधरी कक्षा आठमा भर्ना


तुलसीपुर (दाङ), पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छिन्।

पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उनी स्कुल भर्ना भएकी हुन् । चौधरी पूर्व कम्लहरीसमेत हुन्।  पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन्। उनका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् ।

चौधरी नेकपा (एमाले) का नेतासमेत हुन् । उनी पहिलो संविधानसभामा एमालेबाट सभासद् बनेपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहेकी थिइन्।

उनले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी थिइन्। रासस




प्रतिक्रिया दिनुहोस्...